कञ्चनपुर

, कार्तिक २३ नेपाल चेम्बर अफ कमर्सका निबर्तमान अध्यक्ष राजेन्द्र मल्ल ज्युको प्रमुख आतिथ्यतामा सुदूरपश्चिममा IT, Artificial Intelligence (AI) र Cyber Security सम्बन्धि विशेष कार्यक्रम सम्पन्न

नेपाल चेम्बर अफ कमर्सका निबर्तमान अध्यक्ष राजेन्द्र मल्ल ज्युले सुदूरपश्चिमका विभिन्न कलेजका +2 र Bachelor तहका Campus Chief तथा Principalहरू सहभागी रहेको विशेष कार्यक्रममा सम्बोधन गर्दै सुदूरपश्चिमका युवाहरूले विदेश नगई यहीँ बसेर IT क्षेत्रमा सिक्न, काम गर्न र विश्वस्तरमा आम्दानी गर्न सक्ने ठूलो सम्भावना रहेको बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले भन्नुभयो —> “सुदूरपश्चिमका युवाहरूले देशमै अवसर खोजे भने IT क्षेत्र भविष्यका सबैभन्दा ठूला रोजगारी र उद्यम अवसरहरू प्रदान गर्ने क्षेत्रमा परिणत हुनेछ।”

उहाँले सुदूरपश्चिममा IT उद्योगको प्रवर्द्धन, युवाको सीप विकास र डिजिटल उद्यमशीलता प्रोत्साहन गर्ने यस पहलको प्रशंसा गर्नुभयो।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका IT सभापति तथा IT विज्ञ विज्ञान श्रेष्ठ ज्युले मुख्य वक्ताको रुपमा सुदूरपश्चिमबाटै IT, AI र Cyber Security को सीप सिकेर स्वरोजगार तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकिने विषयमा विस्तृत जानकारी दिनुभयो।

त्यसैगरी, कार्यक्रममा सुदूरपश्चिम चेम्बर अफ कमर्सका अध्यक्ष बिनोद मल्ल ज्युले यो पहलले सुदूरपश्चिममा IT क्षेत्रको विस्तार र युवाहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुस