कञ्चनपुर, कार्तिक २४
कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना न्यूनिकरणका लागि एक निर्माण कम्पनीले गम्भिर चासो लिएको छ । जिल्लामा हुने सवारी दुर्घटनाले अकालमै मानिसको ज्यान जाने, अङगभङदेखि सवारी साधनमा क्षतिका घटनामा भवानी कालिका कन्स्ट्रक्सन प्रालिलले गम्भिर चासो लिएको हो ।
जिल्लाका मुख्य राजमार्ग मात्रै होईन ग्रामिण भेगमा समेत सवारी दुर्घटना बढिरहेको भन्दै निर्माण कम्पनीले समयमै न्यूनिकरणका लागि प्रयास थालेको छ । कर्णाली प्रदेशको दैलेखमा दर्ता भएको भवानी कालिका कन्स्ट्रक्सन प्रालिले सवारी दुर्घटना न्यूनिकरण गर्न सरोकारवालासंग छलफल गरेको छ । सोमबार सरोकारवालासग निर्माण कम्पनीले छलफल गरेको भवानी कालिका कन्स्ट्रक्सन प्रालिका संचालक हर्क मल्लले बताए ।
सवारी दुर्घटनाले एकातिर देश, समाजलाई चाहिने जनशक्ति गुमिरहेको र अर्कातिर देश विकास निर्माणका काममा खटिएका कम्पनीलाई आर्थिक, भौतिक क्षति बेहेनुपर्ने अवस्था निम्तिएको बताए । उनले दुर्घटना बाफत बीमा कम्पनीले दिने रकम समेत सारै कम भएकाले यसलाई बृद्धि गरेर कम्तिमा १० लाखसम्म पु¥याउनुपर्ने बताए । मल्लले दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकाय गम्भिर हुनुपर्ने बताए । दुर्घटना भएपछि त्यस तर्फको समाधान खोज्नुभन्दा दुर्घटना हुनै नदिन उपायाको खोजि गर्नुपर्ने बताए । सडक छेउछाउमा रहेका रुख, झाँडी सफाई नहुँदा समेत दुर्घटना निम्तिन लागेको उनको भनाई छ ।
गत शुक्रबार उक्त निर्माण कम्पनीको मसला बनाउने मेसिनसंग ठोक्कीएर म२प८४०२नम्बरका मोटरसाईकल चालक बेदकोट ७सुडाका ३१बर्षिया शिव रानाको मृत्यु र अर्का ३० बर्षिया युवक भीम राना घाईते भएका थिए । कम्पनीले मृतक शिवको घर परिवारलाई नगद १४लाख क्रिरिया खर्च सहित राहत दिएको छ । भने, कम्पनीका कर्मचारीहरुका तर्फबाट थप २३ हजार सहयोग गरिएको छ । कम्पनीकै साईडमा भुमिपुजन सहित मृतकको स्मृतिमा श्रद्धान्जली समेत गरिएको छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख बलेन्द्र नाथले सवारी दुर्घटना न्यूनिकरणका लागि निर्माण कम्पनीले गरेको प्रयास, चासो सरानिय भएको बताए । उनले दुर्घटना भएपछि कम्पनीले चासो दिने विषय राम्रो भएको र त्यस अघि नै यस्तो प्रयास गरेको भए झन राम्रो हुने बताए । उनले सवारी साधन संचालनका लागि गम्भिर र ट्राफिक नियम पालन गर्नुपर्नेमा जोडदिए । ट्राफिक इन्चार्ज नाथले सवारी दुर्घटना न्यूनिकरणका लागि स्वयम चालकदेखि सरोकारवाला सबै निकाय गम्भिर हुनुपर्ने आग्रह गरेका छन ।

