बिकाश सिंह महता
महेन्द्रनगर/ कार्तिक २५ गते
कञ्चनपुर जिल्लामा एन्फा यू-१४ छात्रा/ छात्र विद्यालय स्तरीय फुटबल प्रतियोगिता जिल्लाका पाँच क्षेत्रमा सञ्चालन भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुरुप कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा जिल्लाका पाँच क्षेत्रमा एन्फा यू-१४ छात्र / छात्रा विद्यालय स्तरीय फुटबल प्रतियोगिताका २०८२ का लागि सामुदायिक तथा संस्थागत विद्यालयका ६२ टिम बिच प्रतिस्पर्धा हुने कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो।
प्रतियोगिताका लागि पुनर्वास नगरपालिका क्षेत्रमा १७ छात्र, ६ छात्रा, कृष्णपुर नगरपालिका क्षेत्रमा छात्र १२, छात्रा ३, बेल्डाँडी गाउँपालिका क्षेत्र ६ छात्र, भीमदत्त नगरपालिका क्षेत्र छात्र ८, छात्रा ४ टिममा भीमदत्तका २ र दोधाराका २ छात्रा टिम रहेका छन्। भने दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ६ छात्र टिम रहेका छन्।
प्रतियोगिताका खेलहरु लिक कम नक आउट आधारमा सञ्चालन हुने छन्। प्रतियोगिता भरि १ सय १३ म्याच हुने छन्। प्रतियोगिता २५ कार्तिक देखि २ मंसिर सम्म जिल्लाका पाँच क्षेत्र बेल्डाँडी गाउँपालिका, पुनर्वास नगरपालिका, कृष्णपुर नगरपालिका, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा खेलहरु सञ्चालन हुनेछन्।
खेलकुद क्षेत्रको बिकासमा निरन्तर कञ्चनपुर जिल्ला फुटबल संघले जिल्लामा एक इतिहास रच्दै एकाएक फुटबलको महाकुम्भ चलेको छ।

