विकास सिह महता, कार्तिक २९
कञ्चनपुर बेलडाँडी गाँउपालिका १ झर्नासागरको सरस्वती माध्यामिक विद्यालयको फुटबल टिम यू१४फाईनल प्रतियोगितामा प्रवेस गरेको छ ।
मछेली खेलमैदानमा भएको क्वाटर फाईनल प्रयितोगितामा बेलडाँडीको सरस्वती माविले पुनर्वास मोतिबस्तीकोे सरस्वती माविलाई हराउँदै फाईनल प्रतियोगितामा प्रवेस गरेको हो । बेलडाँडी गाँउपालिका ६टिमविच प्रतिस्पर्धा गरेर क्वाटर फाईनलमा पुगेको सरस्वतीले पुर्नवासको सरस्वतीलाई २–१गोलले पराजित गर्दै फाईनल प्रतियोगिताको यात्रा सुरक्षित गरेको हो । अब सरस्वती मावि झर्नासागर विजेताका लागि भिड्ने देखिन्छ । क्वाटर फाईनल प्रतियोगितामा सरस्वती मावि झर्नासागरकै रमेश कार्की म्याद द म्याच घोषित भएका छन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघ कञ्चनपुरको आयोजनामा मछेली खेलमैदान सञ्चालन भएको एन्फा यू–१४ अन्तर विद्यालय स्तरीय छात्रा÷ छात्र फुटबल प्रतियोगितामा सरस्वती माविले लिगदेखि क्वाटर फाईनल प्रवेस गरेकोे जनाएको छ । १४ बर्षमुनी उमेर समुहका विद्यार्थीविच भएको प्रतियोगितामा बेलडाँडीबाट फाईनलमा सरस्वती मावि झर्नासागरको टिम छनौट भएसंगै विद्यार्थी, शिक्षक, अभिभावक एव जनप्रतिनिधीले क्वाटरफाईनल प्रतियोगिताका लागि अग्रीम सुभकामना दिएका छन ।

