पहिलाद राना

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहका युवक धर्मेन्द्र राना व्यवसायिक कुखुरा व्यवसायमा जुटेका छन । २६ बर्षिया राना १० बर्ष अघि सन ०१४ मा स्वदेशमा रोजगारी नपाएपछि मलेसिया गएका थिए । रोजगारदाताले एक काम भनेर अर्को काममा भिडाएपछि धोका पाएका राना एक बर्ष मात्रै काम गरेर स्वदेश फर्किए । मलेरियामको अण्डा उत्पादन कम्पनीमा उनका मामा चितराम राना काम गर्दै आएका थिए ।

मामा भेटन् जाँदा उनले त्यहाँ आधुनिक प्रविधिबाट अण्डा उत्पादन गरेको देखेर स्वदेशमा पनि अहिले अण्डा उत्पादनमा जुटेका छन । सम्भव रानाले कञ्चनपुर जिल्लामै आधुनिक(केजस्टक) प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका छन । पाँच बर्ष अघि ०७७सालतिर परम्परागत रुपमा अण्डा उत्पादन गर्ने कुखुरा पालेका रानाले अहिले आधुनिक प्रविधिबाट कुखुरा पालेका हुन । शुरुवातमा डेढ हजार कुखुरा पालेका रानाले अहिले आधुनिक प्रविधिबाट ४हजार कुखुरा पालेका छन । परम्परागतशैलीबाट कुखुरा पाल्दा नोक्सानी हुने भएपछि आधुनिक खोर निर्माण गरेर कुखुरा पालेका हुन ।

अहिले ४ हजार कुखुरा पालेका छन । दैनिक ४ हजार अण्डा कुखुरा उत्पादन गर्दै आएका छन । बन्साह समान्य घर परिवारका अबिवाहित रानाले विदेशमा देखेको प्रविधिलाई स्वदेशमा समेत प्रयोग गर्दै कुखुरा पाल्दै आएको बताए । समान्य लेखपढ गरेका रानाले अर्काको काम गर्नु भन्दा आफ्नै मातृभूमिमा आत्मनिर्भर बन्न खोजेकोे बताए । घरको जमिन बन्धक राखेर झण्डै ३५÷४०लाख लगानी गरेर कुखुरा पालन गरेको बताए । ६महिनासम्म चल्ला पालेर १८महिनासम्म दैनिक १का दरले अण्डा दिदै आएको बताए ।

उत्पादित स्वदेशी अण्डा स्थानीय बजारमा खपत भईरहेको बताए । ‘माग अनुसार उत्पादन नहुँदा खपत गर्न सकेको छैन, ‘उनले भने, ‘भारतबाट तस्करी भएर आउने अण्डाले हामी मारमा पर्दै आएका छौँ, तस्करी पनि रोक्न सरकारले पहलै गर्दैन, स्वदेशमा किसानले गर्ने पौरख पनि नबुझिदिने विडम्वना छ ।’ थोकमा प्रति अण्डा १२, १३रुपैयामा बिक्रि वितरण गर्दै आएको बताए । चार कट्टा जमिन क्षेत्रफलमा आधुनिक खोर निर्माण गरेका रानाले बिना अनुदान स्वदेशमै पौरख देखिएका छन ।

देशका तीनै तहका सरकारबाट अबौँ अनुदान लिएर काम नगर्ने भन्दा धर्मेन्द्रले आफ्नै जमिन बैंक, सहकारीमा बन्धक राखेर ऋण निकालेका छन । ‘यो मेरो पुरै निजी लगानी हो, यसमा तीनै तहका सरकारको एक रुपैया पनि लगानी छैन, ‘उनले भने, ‘हामी जस्ता काम गरिखाने युवा किसानलाई कसले अनुदान दिन्छ ।’ सरकारले दिने सहुलियत ऋण र अनुदान नहुँदा थप लगानी गर्नबाट बञ्चित भएको रानाको गुनासो छ ।

भएको अचल सम्पती धितोमा राखेको र बाँकी लगानी जुटाउन समस्या भएकाले सरकारले हेर्नुपर्ने उनको भनाई छ । घरमै सदस्यहरु व्यवसायमा जुटेकाले बाह्य जनशक्ति राख्नुपर्ने अवस्था नआएको बताउँदै उनले प्रविधिमा आउने समस्याले पनि दुख दिने गरेको बताए । धर्मेन्द्रले जिल्लामै आधुनिक केजस्टक तरिकाले अण्डा उत्पादन गर्ने कुखुरा पालनमा राज्यको ध्यान समेत नदिएको स्थानीय युवाहरुको गुनासो छ । रानाका गाँउकै स्थानीय युवा डिजे अवस्थीले यस्ता काम गर्ने युवा उद्यमीलाई तिनै सरकारबाट उपेक्षा गरिएको बताए ।

बैदेशिक रोजगारी तिलाञ्जली दिर्दै आफ्नै मातृभूमिमा काम गर्दै आएका किसानको उचित न्यायिक मुल्याङकन नहुँदा पलाउन ह्ुने थप जोखिम निम्तिाएको बताए । ‘यहाँ शक्ति नजिकका मान्छेले अनुदान पाउँछन, त्यस्ता अनुदान खानेले काम गर्दैनन, नेता कर्मचारीसग सेटिङ्ग मात्रै गरेर उनीहरुलाई कमिसन खुवाउने काम गर्दछ, ‘उनले भने, ‘यस्ता पौखरी किसानलाई राज्यले ईमान्दारितापुर्वक हेनुपर्छ ।’

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिह खडकाले जिल्लामै रानाले आधुनिक प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालन गरेको बताए । ‘यसरी आफ्नै लगानीमा व्यवसायिक कुखुरा पालन गर्दै आएका किसानको कामको उचित मुल्याङकन हुन्छ, ‘उनले भने, ‘सरकारका तर्फबाट आवश्यक सहयोग हुन्छ ।’ स्थानीयले समेत चुनावका बेला मत माग्ने तर, यस्ता किसान प्रर्बद्धनका लागि चासो समेत नदिएको दुखेसो पोखेका छन ।

प्रतिक्रिया दिनुस