
विध्या जाेशी कक्षा – ७ नागार्जुन इंगलिस बाेर्डिङ्ग स्कुल कञ्चनपुर
शोभा ताल कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ मा पर्दछ। उक्त तालको क्षेत्रफल २५ हेक्टरमा फैलिएको छ। शोभा तालको वरिपरि विभिन्न समुदायका मानिसहरु बस्दछन् । बेलौरी नगरपालिकाको वडा नम्बर ५ मा कुल १०८८ घरधुरी रहेकोमा उक्त वडाको कुल जनसङ्ख्या ६,२१६ जना रहेको छ जसमध्ये ३ हजार ३७२ जना महिला २,८४४ जना पुरुष रहेको छ।
दुई वर्ष मुनिको जनसङ्ख्या हेर्दा दुई वर्षमुनिका बालबालिका सङ्ख्या २८८ , तीन वर्षदेखि ५ वर्षसम्मको जनसङ्ख्या ३०८ जना, ६ वर्षदेखि ९ वर्षसम्मको जनसङ्ख्या ४१६ जना , वर्षदेखि १४ वर्षसम्मको जनसङ्ख्या ७३५ जना , १५ वर्षदेखि १८ वर्षसम्मको जनसङ्ख्या ७४३ जना , १९ वर्षदेखि २४ वर्षसम्मको जनसङ्ख्या १००७ जना , २५ वर्षदेखि ४५ वर्षसम्मको जनसङ्ख्या १९०८ जना, ४६ वर्षदेखि ५९ वर्षसम्मको जनसङ्ख्या ४३ जना , ६० वर्षदेखि ६९ वर्षसम्मको जनसङ्ख्या २७९ जना , ७० वर्षभन्दा माथिको जनसङ्ख्या १६१ जना रहेको पाइन्छ।
भाषाका हिसाबले अछामी भाषा बोल्ने पाँच जना , चौधरी भाषा बोल्ने ४०८१ जना, डोटेली भाषा बोल्ने २८० जना, दैलेखी भाषा बोल्ने ५२ जना , नेपाली भाषा बोल्ने २८६ जना , बझाङ्गी भाषा बोल्ने सात जना , बैतडी भाषा बोल्ने ३८० जना , राणा भाषा बोल्ने ११२५ जना रहेको पाइन्छ। धर्म र आस्थाको आधारमा हेर्दा क्रिश्चियन धर्म मान्ने सङ्ख्या २४८ जना, बौद्ध धर्म मान्ने सङ्ख्या १० जना , हिन्दु धर्म मान्ने जनसङ्ख्या ५९२० जना रहेको पाइन्छ।
जातजातिको हिसाबले थारू ५२०९ जना, क्षेत्री ७३० जना, ब्राह्मण १ ६१ जना, ठगुरी ४०० जना, दलित ३३ जना र मगर १ जना मात्र रहेको पाइन्छ । घरमली रहेको सङ्ख्या १०४४ घर तथा महिला घरमुली रहेको घरसङ्ख्या ४४ घर तथा पेशाको हिसाबले कृषि पेशामा रहेको जनसङ्ख्या ५५८२ जना, जागिर ५३ जना ज्याला मजदुरी नौ चार जना सरकारी नोकरी १२१ जना रहेको पाइयो।
सामाजिक सुरक्षा भत्तालिने ज्येष्ठ नागरिक महिला सङ्ख्या ३८ पुरुष सङ्ख्या ७२ र ज्येष्ठ नागरिक दलित पुरुष १ जना, विधवा भत्ता लिने महिला संख्या १३८ जना, पूर्ण अपाङ्गता सामाजिक सुरक्षा भत्ता लिने महिला ४ जना पुरुष सङ्ख्या ८ जना , अपाङ्गता सुरक्षा भत्ता लिने महिला सङ्ख्या ११ पुरुष सङ्ख्या ७ र बालबालिका सामाजिक सुरक्षा भत्ता लिने पुरुष सङ्ख्या एक रहेको पाइयो।
आर्थिक दृष्टिकोणले १० घरपरिवारले घरभाडामा लगाएको र २५ परिवार घरभाडामा बसेको अवस्था पाइयो। यसरी बेलौरी नगरपालिका वडा नं ५ मा अवलोकन भ्रमणका दौरानमा विभिन्न तालतलैया नदीनालाका बारेमा जानकारी पाइयो। जसमध्ये शोभा ताल एक पर्यटकीय स्थलको रूपमा विकसित भएको पाइयो। शोभा तालको आसपासका क्षेत्रमा थारु बाहुल्यता भएका समुदायका मानिसहरू बस्ने गरेको पाइयो।
केही मात्रामा बैतडी र दैलेख मूलका मानिसहरु बस्ने गरेको र थारु समुदायका चौधरीहरूको सङ्ख्या अत्यधिक बाहुल्यता रहेको पाइयो। राना थारुको बसोबास पनि उल्लेखनीय मात्रामा रहेको पाइयो । शोभा तालको अवलोकन भ्रमणमा हामी १२४ जना आइपुगेका थियौँ। जसमध्ये १२ जना शिक्षकहरु आउनुभएको थियो। १०८ जना विद्यार्थीहरु सहभागी भएका थियौ जसमध्ये ६ जना महिला शिक्षक र ६ जना पुरुष शिक्षकहरु हुनुहुन्थ्यो।
शोभा ताल आइपुगेपछि निकै रमणीय दृश्यले मन लोभ्यायो । शोभा तालमा पुगिसकेपछि साथीहरुले आआफ्नो फोटो खिच्ने , ताल तथा अन्य स्थलहरूको फोटो खिच्ने र साथीभाइको फोटो खिच्ने गरी मन रमाइलो भयो । शोभातालमा आइपुगेपछि प्राकृतिक दृश्यले मन रमणीय भयो। विद्यालयदेखि करिब डेढ घण्टाको दूरी पार गर्दा बस भित्र गीत बजाउँदै नाच्दै रमाइलो गर्दै उक्त स्थलमा आइपुगियो। बसबाट ओर्लिसकेपछि तालको वरिपरि घुम्दै दृश्यहरू अवलोकन गर्न पाइयो। मोबाइलसँगै लगि गएकाले मोबाइलमा सबै ठाउँको फोटो खिच्दा रमाइलो लाग्यो ।
तथ्याङ्क श्राेत :- डिजिटल प्राेफायल बेलौरी नगर पालिका ।

