नरेश राना, मंसिर १७

राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) लालझाडी गाँउपालिकाको सभापतिमा थारु अगुवा खुसीराम राना चयन भएका छन । बुधबार रास्वपा लालझाडीको प्रथम पालिका अधिवेशनबाट सभापतिमा राना चयन भएका हुन ।

रास्वपा कञ्चनपुरका कोषाध्यक्ष समेत रहेका जिल्लाका युवा नेता नविन चन्दले सहमतीय आधारमा पालिका समिति विस्तार गरिएको बताए । रास्वपा नेता चन्दका अनुसार उपसभापतिमा हरिश गिरी, सचिव धनराज भट्ट, सदस्य तर्फ पानसिह धामी, नरहसिह राना, दल बहादुर झुकाल, शिवदाश राना, रामवती राना रहेका छन । यस्तै जिल्ला प्रतिनिधी ः लक्ष्मण राना र प्रदेश प्रतिनिधी रतनलाल भारती चयन भएका छन । रास्वपा नेता एव खेलकुद विभाग प्रमुख घनश्याम विष्टको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेताहरु जनकसिह धामी, ज्ञानेन्द्र सिह महता, नविन चन्द सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । पाटीले दिएको जिम्मेबारी अनुरुप लालझाडीमा हुने बेतिथि, भ्रष्टाचार बिरुद्ध जनताको हक अधिकारका लागि पैरवीगर्ने रास्वपा लालझाडीका सभापति रानाको उद्घोष रहेको छ ।

प्रतिक्रिया दिनुस