बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ  “बेलडाँडी बृहत् शिवरात्री विशेष सांगीतिक कार्यक्रम रमाईलो–२०८२ मेला” आयोजना हुने भएको छ ।

न्यु आराधना कला मन्दिर बेलडाँडी, कञ्चनपुरको आयोजनामा हुन लागेको उक्त मेला २०८२ साल फाल्गुन ३ र ४ गते बेलडाँडी गाउँपालिका–२, चवन्नी बजारको खुल्ला मञ्चमा सञ्चालन हुने भएको छ । कार्यक्रमको मुख्य उद्देश्य लुकेका प्रतिभालाई उजागर गर्नुका साथै अवसर नपाएका कलाकारलाई मञ्च प्रदान गर्ने आयोजकले जनाएको छ ।

स्थानीय कला, संस्कृति र मौलिक पहिचानको जगेर्ना गर्ने नारासहित मेला आयोजना गर्न लागिएको हो । मेलाको संयोजन चवन्नी बजार व्यवस्थापन समिति छ भने बेलडाँडी तेक्वान्दो डोजाङ्गले प्रायोजन रहेको छ ।

कार्यक्रम निर्देशकका रूपमा भुपेन्द्र राना रहनु भएको छ । आयोजकले स्थानीय बासिन्दा, कलाकार तथा दर्शकहरूलाई कार्यक्रममा उपस्थित भई कला र संस्कृतिको संरक्षण अभियानमा साथ दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुस