कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरमा रहेको एक निजी विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार भीमदत्त नगरपालिका ३ महेन्द्रनगर भाँसीमा रहेको महाकाली मोर्डन पब्लिक स्कुलको ३४ बर्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै विद्यालयका प्रिन्सिपल दिजराज भट्टले विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि भईरहेको बताए । शैक्षिक सुधारका कार्यक्रमदेखि अतिरिक्त कृयाकलाप संचालन भएको बताए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथै विवित साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा भीमदत्त नगरका मेयर पदम बोगटी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक सहितका सरोकारवालाको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुस