कञ्चनपुर । कार्य सम्पादन मुल्याङ्ककनमा कञ्चनपुरको भीमदत्त नगरपालिका जिल्लामै प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मुल्याङ्ककनमा भीमदत्त नगरपालिका जिल्लामै प्रथम भएको हो । आयोगले हालै सार्वजनिक गरेको मुल्याङकन प्रतिवेदन अनुसार भीमदत्त नगरले जिल्लाका अन्य ९ पालिका भन्दा बढी अंक प्राप्त गरेर प्रथम स्थान हासिल गरेको छ । भीमदत्तले ६६.६३ अंक प्राप्त गरेको हो ।

दोस्रोमा बेदकोट नगरपालिका भएको छ । बेदकोटले ६५.६७ अंक ल्याएको छ । यसैगरी तेस्रो शुक्लाफाँटा नगरपालिका ६१.११, चौथो बेलौरी नगरपालिका ५४.४६, पाचौँ लालझाडी गाँउपालिका ५१.९८, छौटौँ बेलडाँडी गाँउपालिका ४७.४६, सातौमा दोधाराचाँदनी नगरपालिका ४७.३४, आठौँमा पुनर्वास नगरपालिका ४७.३४ र नवौँमा कृष्णपुर नगरपालिका ४२.७०अंक ल्याएका छन । आयोगले विभिन्न १७ विषयगत सुचकका आधारमा कार्यसम्पादन मुल्याङकन गर्दै आएको छ । जसकै कारण आगामी आर्थिक बर्ष ०८२÷०८३मा बजेट दिनेछ । भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले पालिकाबाट हुने हरेक कार्य योजनाको मसिनो ढङगबाट कार्य सम्पादन गरिने बताए ।

भीमदत्त नगरका मेयर पदम बोगटीले वित्त आयोगले पालिकाबाट हुने कार्य सम्पादनलाई मुल्याङकन गरे अनुरुप प्राप्त नतिजालाई स्वीकारर्दै आगामी दिनमा थप बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।

दोस्रो भएका बेदकोट नगरका मेयर भोजराज बोहराले सरकारी संस्थामा सुत्केरी गराउने महिलाको सुचकमा बेदकोट नगरका अधिकाँस भीमदत्त नगरको महाकाली अस्पतालमा जाने भएकाले कम अक पाईएको बताए । अन्य पालिका सरकारले पनि आगामी दिनमा कार्य सम्पादनलाई प्रभावकारी बनाउने अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस