
बिकाश सिंह महता
कञ्चनपुर । जलेर घाइते बालिकाको उपचारका लागि आर्थिक अभाव भएको छ।
बेदकोट नगरपालिका वडा नं.०४ मा फागुन २१ गते बिहान जलेर गम्भीर घाइते भएकी एक बालिकाको नेपालमा उपचार सम्भव नभएपछि हाल भारतको हल्द्वानीस्थित साई अस्पतालमा उपचार भइरहेको छ।
बालिका वर्ष २ कि सुवानी मगरको अस्पतालको आईसीयूमा राखेर उपचार गरिँदै आएको परिवारले जनाएको छ। परिवारका अनुसार नेपालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लगिएको हो। हाल उनको स्वास्थ्य अवस्था गम्भीर रहेकाले निरन्तर उपचार आवश्यक रहेको बताइएको छ।
आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च व्यवस्थापन गर्न कठिन भएको भन्दै परिवारले सहयोगको लागि सबैसँग हार्दिक अपिल गरेको छ। “तपाईंहरूको सानो सहयोगले पनि बालिकाको उपचारमा ठूलो सहारा मिल्नेछ,” परिवारले जनाएको छ।
सहयोग गर्न इच्छुक महानुभावहरूका लागि क्यूआर कोडमार्फत सहयोग गर्ने व्यवस्था गरिएको छ। सकेसम्म सहयोग गरी बालिकाको जीवन बचाउन साथ दिन परिवारले सबैमा अनुरोध गरेको छ।

