
शुनिल राना
कञ्चनपुुरको एक निजी विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १८ कटान महेन्द्रनगरमा रहेकोे मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालयको २०औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
आइतबार एक कार्यक्रमका विच विद्यालयले विवित कार्यक्रम गरेर २०औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको जनाएको छ । प्रिन्सिपल चुडामणी शर्माले विद्यालयको शैक्षिक बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पछिल्ला दिनहरुमा विद्यालयले शैक्षिक गुणस्तर कायम गर्दै आएपछि विद्यार्थीको रोजाईमा परेको बताए ।
प्रिन्सिपल शर्माले आगामी शैक्षिक सत्र ०८३देखि थप शैक्षिक गुणस्तरका कार्यक्रम संचालन गरेर नर्सरीदेखि १२सम्म सबै कक्षाहरु स्माट विधीबाट संचालनदेखि प्राविधिक शिक्षाका कार्यक्रममा जोडदिएका छन । उनले विद्यालयले नियमित शैक्षिक पढाईका अतिरिक्त शैक्षिक कृयाकलाप गर्दै विद्यार्थीको चौतर्फि बृद्धि विकासमा कार्यक्रम संचालन गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले शैक्षिक गुणस्तर बृद्धिका लागि मर्निङ्गग्लोरी विद्यालयले अथक प्रयास गरेको बताउँदै आगामी दिनमा समेत शैक्षिक गुणस्तर सुधार गरेर अब्बल विद्यालयका रुपमा आफुलाई चिनाउन आग्रह गरेका छन ।
कार्यक्रममा उत्कृष्ठ विद्यार्थी, शिक्षक, कर्मचारीदेखि विभिन्न व्यक्तिहरुलाई सम्मान पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा विद्यार्थीले कला विवित साँस्कृतिक कार्यक्रम समेत प्रस्तुती गरिएका छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव बहादुर चन्दको प्रमुख आथित्यमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक सहितका सरोकारवालाको उपस्थिति रहेको थियो ।

