सुनिल राना

कञ्चनपुर, फागुन २७

गैर सरकारी संस्था महासंघले नव निर्वाचित सासद ज्ञानेन्द्र सिह महतालाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका विच गैसस महासघ कञ्चनपुरले क्षेत्र ३ रास्वपाबाट निर्वाचित सासदलाई सम्मान गरेको हो । गैसस महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले गैसस महासंघकै पुर्व जिल्ला सदस्य भएकाले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको बताए । गैसस महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष भगराज रेग्मीले जिल्लाको विकासमा सासद, सरोकारवाला हातेमालो गर्नुपर्नेमा जोडदिएका छन । गैसस महासघ कञ्चनपुरका सचिव शारदा बोहराले संचालन गरेको कार्यक्रममा सहभागि गैससका पदाधिकारी सहितका गैससकर्मीहरुले फुलमाला, अबिर, खादा ओढाएर सम्मान गरेका छन ।

प्रतिक्रिया दिनुस