
अर्जुन बहादुर सिह
कञ्चनपुर । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले समाचार लेखेकै भरमा पत्रकार बासुदेव धामी(बिमल)माथि साईबर मुद्दा चलाउनु संविधान विपरितको कदम भएको जनाएको छ । पत्रकार महासंघ सुप प्रदेशले समाचार लेखेकै भरमा पत्रकार धामीमाथि साईबर अपराको मुद्दा लगाईनु संविधाले व्यवस्था गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रावधान विपरित भएको महासंघले जनाएको हो ।
सोमबार पत्रकार महासंघ प्रदेश समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य समेत रहेका धामी बिरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साईबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको विषयप्रति महासंघले आपत्ती जनाएको छ ।
बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले दिएको उजुरीका आधारमा प्रहरीले विद्युतीय कारोबार ऐन अन्र्तरगत धामीमाथि मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गर्नु दुखत विषय भएका जनाएको छ । कुनैपनि समाचारप्रति असन्तुष्टी आपत्ति वा समस्या भएका प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्पष्ट कानुनी व्यवस्था विद्यमान हुदाहुँदै समाचार लेखेकै भरमा पत्रकारमाथि मुद्दा लगाउनु संविधान विपरित भएको महासंघको ठहर छ ।
समाचार लेखेकै विषयलाई लिएर विद्युतीय कारोबार ऐनको गलत ब्याख्या र प्रयोग हुन लागेकोप्रति पत्रकार महासंघले चिन्ता व्यक्त गरेको छ । पत्रकार महासघ सुप प्रदेशका महासचिव शिवराज भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा पत्रकार धामीको घरपरिवारले पछिल्लो समय असुरक्षित गरिरहेको विषयदेखि घर परिवार सुरक्षाको उचित प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।
पत्रकार धामीले बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथका विषयमा सुशासन सम्बन्धी निरन्तर समाचार प्रकासित गर्दै आएका थिए । यस अघि नेपाल पत्रकार महासंघ कञ्चनपुरले समेत पत्रकार धामी बिरुद्धमा समाचार लेखेकै विषयमा यसरी साईबर मुद्दाको बिरोध एव भत्र्सना जाहेर गरेको थियो ।
समाचारकै विषयमा काउन्सिलमा मुद्दा दायरको साटो प्रहरीमा मुद्दा मामिलाले अहिले पत्रकार धामी मात्रे होईन सार्वजनिक सरकारी निकायमा हुने बेथिति बिरुद्ध कलम चलाउँदै आएका पत्रकारको कलम बन्द गर्ने ठुलो षड्यन्त्र भएको समेत ठहर गरिएको छ । पत्रकार धामी बिरुद्ध साईबरमा मुद्दा दिने गाँउपालिका उपाध्यक्ष नाथ ज्यान कसुर मुद्दामा प्रहरी हिरासतमा रहेकी छिन ।
घटनाको पत्रकार संघ संगठनदेखि स्वदेश तथा विदेशमा रहेका पत्रकारहरुले शक्ति र पहुँचका भरमा पत्रकार बिरुद्ध प्रहरीमा मुद्दा चलाईनु जस्ता गतिबिधीको भत्र्सना जाहेर गरेका छन । भने, उक्त मुद्दा फिर्ता लिएर पत्रकार, प्रेस क्षेत्रलाई निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।


