धनसिह धामी
कञ्चनपुर, बैशाख १५
नेपाल पत्रकार महासंघले प्रेस काउन्सिलको क्षेत्राधिकारलाई वेवास्ता गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार बासुदेव धामी(बिमल)लाई साईबर अपराध सम्बन्धी मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरेपछि बिरोध जनाएको छ ।
पत्रकार महासंघ केन्द्रीय समिति सञ्चारग्राहले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै काउन्सिलको क्षेत्राधिकारलाई वेवास्ता गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार बासुदेव धामी(बिमल)लाई साईबर अपराध सम्बन्धी मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरेपछि बिरोध जनाएको हो ।
काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै प्रशासनले पत्रकार धामीलार्इै फौजदारी अभियोग लगाएकोमा महासंघ केन्द्रीय समितिले आपत्ति प्रकट गरेको छ । विधी छलेर गरिएको यो कार्य संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको बिरुद्ध रहेको महासंघले ठहर गरेको छ ।
पत्रकार धामीका परिवारलाई समेत प्रत्यक्ष, अप्रत्यक्ष धम्की आईरहेकोप्रति महासंघले सरोकार राखेको छ । पत्रकार महासंघले समाचारकै विषयमा पत्रकारमाथि मुद्दा चलाउने, धरकपट गर्ने जस्ता कार्य निन्दनिय भएको भत्र्सनायोग्य भएको जनाएको छ ।
पत्रकार महासंघका महासचिव राम प्रशाद दाहालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा महासंघ प्रेस काउन्सिल नेपाललाई यो विषयमा आफ्नो क्षेत्राधिकार लिन र प्रहरीलाई यो कदमबाट पछाडी हटन समेत आग्रह गरेको छ । साथै पत्रकार धामीको घर परिवारको उचित सुरक्षा प्रबन्ध मिलाउन सम्बन्ध पक्षसंग माग अघि सारेको छ ।
पत्रकार धामीले बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथका विषयमा सुशासन सम्बन्धी निरन्तर समाचार प्रकासित गर्दै आएका थिए । यस अघि नेपाल पत्रकार महासंघ कञ्चनपुरले समेत पत्रकार धामी बिरुद्धमा समाचार लेखेकै विषयमा यसरी साईबर मुद्दाको बिरोध एव भत्र्सना जाहेर गरेको थियो । समाचारकै विषयमा काउन्सिलमा मुद्दा दायरको साटो प्रहरीमा मुद्दा मामिलाले अहिले पत्रकार धामी मात्रे होईन सार्वजनिक सरकारी निकायमा हुने बेथिति बिरुद्ध कलम चलाउँदै आएका पत्रकारको कलम बन्द गर्ने ठुलो षड्यन्त्र भएको समेत ठहर गरिएको छ । पत्रकार धामी बिरुद्ध साईबरमा मुद्दा दिने गाँउपालिका उपाध्यक्ष नाथ ज्यान कसुर मुद्दामा प्रहरी हिरासतमा रहेकी छिन । घटनाको पत्रकार संघ संगठनदेखि स्वदेश तथा विदेशमा रहेका पत्रकारहरुले शक्ति र पहुँचका भरमा पत्रकार बिरुद्ध प्रहरीमा मुद्दा चलाईनु जस्ता गतिबिधीको भत्र्सना जाहेर गरेका छन ।


