कञ्चनपुर, ३०बैशाख
कञ्चनपुरको पुर्नवासका १८ बर्षिया युवक हत्या प्रकरणमा एक युवा जेल चलान, अर्का धरौटी र १७ बर्षिया बालक साधारण तारेखमा रिहा भएका छन ।
पुर्नवास नगरपालिका ५भानुबस्तीका उज्जल सायर हत्याकाण्डमा धन बहादुर बयडी जेल चलान, हिरेन्द्र बहादुर बोगटी(हिरो) १लाख धरौटी र अर्का १७ बर्षिया बालक साधारण तारेखमा रिहा भएका छन ।
कञ्चनपुर जिल्ला अदालतका सुचना अधिकारी राजेन्द्र बहादुर चन्दले २८बैशाखमा अदालतमा दर्ता भएको कर्तव्य ज्यान कसुर मुद्दाको भोलीपल्टै मंगलबार थुनछेक बहस भएको बताए । जिल्ला न्यायाधिश राजेन्द्र सिह भण्डारीको एकल ईजलासले बयडीलाई पुरपक्षका लागि जेल चलान, बोगटीबाट १लाख धरौटी र बालकलाई अभिभावको जिम्मा लगाएको बताए ।
७बैशाख विवाहमा छिमेकीको विवाहमा गएका सायरमाथि धारिलो हतियार प्रहार गरिएको थियो । धारियो हतियार प्रहारबाट घाईते भएका सायरको धनगढीको मायामेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । समाजिक कामका गएका बेला युवाहरुविच झै झगडाले हत्यामा परिणत गरेको घटनाले गाँउ समाजमा त्रास उत्पन्न भएको छ ।

