कैलाली पौष ११ , नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसन महासंघ क्रान्तिकारीले सुदुरपश्चिम प्रदेशले कैलालीको अत्तरियामा बिरोध सभा गरेको छ ।दार्चुलाको कालापानी लिपुलेक लिम्पीयाधुरा लगायत अतिक्रमित भुमी फिर्ता गर ,राष्ट्रिय स्वाधिनताको रक्षाको रक्षा गर्रौ भन्ने नाराबाजी गर्दै कैलालीको अत्तरियामा भव्य रुपमा बिरोध सभा सम्पन्न गरिएको छ ।

भारतले दार्चुलाको कालापानी लिपुलेक लिम्पीयाधुरा लगायत अतिक्रमित भुमि हस्तक्षेप गरेको बिरोधमा अखिल नेपाल किसान महासंघ क्रान्तिकारी सुदुरपश्चिम प्रदेशले बिरोध सभा गरेको प्रदेश संयोजक टंक कोइरालाले जानकारी दिनुभयो ।

सभाको सम्बोधन गर्दै प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सिताराम तमाङले सबै देशभक्क्त नेपाली ,किसन मजदुर न्यप्रेमि जनसमुदायहरु राष्ट्रिय स्वाधिनताको रक्षाको लागि अव एक हुनुपर्ने बताए पटक पटक भारतिय बिस्तावादीले नेपाल माथी सिमा बिवाद गर्दै आएको र अहिले नेपालको कालापानी, लिपुलेक ,लिम्पीयाधुरा लगायत अतिक्रमित भुमी फिर्ता गर्नको लागि सबैको साथ रसहयोग आवश्क रहेको बताउनुभयो । हामिले बिगत केहि बर्ष देखि कालापानीको बिषयमा बैल्दै आएकाछौ अव सरकारले कुटनितिक रुपमा पहल नगरे हाम्रो पार्टी नेकपा क्रान्तिकारी माआवादी पार्टीले बुहत किसिमको आन्दोलन गर्ने बताउनुभयो ।

बिरोध सभा कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सिताराम तमाङ, अतिथि नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश इन्चार्ज अनुकूल अतिथि अखिल नेपाल किसान महासंघका सचिव धनेश्वर पोखरेल , नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश सेक्रेटरी चिन्तक अतिथि देजमो प्रदेश संयोजक बिष्णु राम दमाई ,अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य पुष्कर जोशी लगायतका क्रान्तिकारी माओवादी नेता कार्यक्रर्ता तथा क्रान्तिकारी किसान नेताहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कैलाली जिल्लाका अध्यक्ष हरि राम रानाले गरेका थिए । कार्यक्रममा हजारौ युवा हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस