कञ्चनपुर, ६बैशाख

सुदूरपश्चिम कैलाली सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा मृतक प्रशिक्षार्थी एक सशस्त्र प्रहरी जवानको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

सशस्त्र प्रहरी बल जवान आधारभूत शिक्षालय बनबेहडामा तालिमरथ प्रशिक्षार्थी मृतक सशस्त्र प्रहरी जवान महेश सिह महताको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

सशस्त्र प्रहरी जवानको तालिम गरिरहेका नौगाड गाँउपालिका १ दार्चुलाका स्थानीय समेत रहेका सशस्त्र प्रहरी प्रशिक्षार्थी जवान महताको २१बैशाख ०८३ निधन भएको थियो ।

तालिमकै दौरानमा टाउको दुखेर ज्वँरो आएको अवस्थामा उपचारकै क्रममा निधन भएका महताको परिवारलाई सशस्त्र प्रहरी बल नेपाल जवान प्रशिक्षालयमा कार्यरत अधिकृत एव कर्मचारीले स्वच्छाले एक आपसमै रकम संकलन गरेर मृतक परिवारलाई दिएको जनाएका छन ।

सहकर्मीको सम्झनादेखि मातहतका कर्मचारीको स्मृतिमा शोकाकुल भएका घर परिवारलाई केही राहात दिने उदेश्यले तालिम केन्द्रमा कार्यरत अधिकृत एव कर्मचारीहरुले खाजा खर्च कटाएर संकलन गरेको ४ लाख, १२ हजार, ७४०रुपैया आर्थिक सहयोग गरिएको छ ।

मृतक महताको १५ औँ दिनको पुण्यतिथिको अवसरमा मंगलबार तालिम केन्द्रका प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(एसएसबी) सूर्या बहादुर सेनओलीले मृतक जवानमा ठुलवाबु धन सिह महतालाई उक्त रकम हस्तान्तरण गरेका छन । तालिम केन्द्र प्रमुख सेनओली सहितका अधिकृत, सशस्त्र प्रहरीका कर्मचारी, तालिमरथ सहकर्मीहरुले मृतकप्रति श्रद्धान्जली शोकाकुल महताको परिवारप्रति हार्दिक समवेदन समेत प्रकट गरेका छन । समवेदना पत्र सहित मृतक प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान महताप्रति हार्दिक श्रद्धान्जली समेत अर्पण गरिएको थियो । महताको निधनसंगै उनले देशको रक्षा गर्ने सपना अधुरै रह्यो ।

 

प्रतिक्रिया दिनुस