
कञ्चनपुर । माईती नेपाल कञ्चनपुरले जोखिममा रहेका किशोरीलाई बेचबिखनबाट जोगाउन अनुशिक्षण गरेको छ । मानव बेचबिखन तथा ओसारपसार नेपाल लगायत विश्वव्यापी रुपमा देखिएको गम्भीर सामाजिक अपराध हो । विशेष गरि किशोरीहरु शिक्षा, रोजगारी, विवाह तथा अन्य विभिन्न प्रलोभनका कारण बेचिबखनको जोखिममा पर्ने गरेका छन् ।
यसै सन्दर्भमा दोधारा चांदनी नगरपालिका वडा नं.८, सुन्दरनगर कञ्चनपुरका किशोरीहरुलाई मानव बेचबिखनका जोखिम, रोकथामका उपाय तथा उपलब्ध सहायता सेवाबारे जानकारी एवम् उक्त जोखिमबाट सुरक्षित गराउने ऊद्धेश्यले अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यत्रममा ३२ जना किशोरीहरु एवम् जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुन्दरनगर कञ्चनपुर जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा नेपाल–भारत सीमासंग नजिक छ । सुन्दरनगर जोगबुढा नदी र महाकाली नदी नजिक अवस्थित भएकाले यहांका बासिन्दाहरु बाढी र नदी कटानले बर्षेनी विभिन्न समस्याबाट ग्रसित छन् ।
अभावै अभाव झेल्दै आएका दोधारा चांदनी नगरपालिका सुन्दरनगरका बासिन्दाहरु अभावले ग्रस्त कठोर जीवन जिउन बाध्य छन् । भारतको सीमासंग जोडिएको बस्तीका मान्छले सहनै नसक्ने दुरावस्था भोगिरहेका सो टोलका किशोरी तथा महिलाहरु अति विपन्नताका कारण बलात्कार तथा बेचबिखनको उच्च जोखिममा रहेका छन् ।
नदी र खोला किनारमा बसोबास गर्दै आएका गरिब तथा दलित बस्ती आर्थिक अभावको कारण खुला सीमा हुदैं उनीहरु भारतका विभिन्न स्थानमा ज्याला मजदुरी गर्न जाने गरेको कारण मानव बेचबिखनको उच्च जोखिममा रहेका छन् ।
यहांका किशोरी तथा महिलाहरुलाई घरेलु हिंसा, बलात्कार तथा मानव बेचबिखन जस्तो जघन्य अपराधबाट जोगाऊन यस कार्यक्रमको अति नै आवश्यकता रहेको थियो । कार्यत्रममा माईती नेपालको परिचय, मानव बेचबिखन तथा ओसारपसारको परिभाषा, बेचबिखन हुनुका कारण, मानव बेचबिखन हुन सक्ने स्थान, तौरतरिका, प्रयोजन, यसको बदलिंदो स्वरुप, सम्भाबित जोखिम, दलालले अपनाउने हतकण्डा, मोबाइल फोन लगायत सामाजिक सञ्जालको दुरुपयोग, प्रचलित कानुनी प्रावधान र बाल यौन शोषणका बारेमा सहभागि किशोरीहरुलाई जानकारी गरार्ईएको थियो ।
दलालहरुले गरिब र पिछडिएको समुदायका किशोरीहरुलाई बढी टारगेट गरिएको पाईएको हुदां सुदूरपश्चिम नेपालको आर्थिक रुपले पिछडिएको क्षेत्रहरु मध्ये पर्दछ, जहां उच्च दरमा बेरोजगारी, शिक्षाको अभाव, लैंगिक असमानता तथा सीमित रोजगारीको अवसर रहेका कारण धेरै मानिस रोजगारी वा राम्रो जीवनस्तरको खोजीमा भारत तथा तेस्रो मुलुकतर्फ जाने गर्छन् ।
यही अवस्थाको दुरुपयोग गर्दै मानव तस्करहरुले विशेषगरी महिला, किशोरी, बालबालिका र सामाजिक रुपमा कमजोर वर्गका व्यक्तिहरुलाई विभिन्न प्रलोभन देखाई बेचबिखन हुने भएकोले उक्त जोखिमबाट जोगाउन अनुशिक्षण प्रदान गरिएको हो ।
विभिन्न प्रकारका जोखिमबारे छलफल गरे पश्चात् सहभागिहरुले गरेका जिज्ञासाहरुको उत्तर दिदै प्रश्नोत्तरका माध्यमबाट अनुशिक्षण प्रदान गरियो । दोधाराचांदनी न.पा ८ का वडा अध्यक्ष, ओम प्रकाश रोकायाः– “चेलीबेटी बेचबिखन जस्तो गम्भीर सामाजिक अपराध विरुद्ध सचेतना फैलाउन अत्यन्त आवश्यक देखिएको समयमा माइती नेपालले सञ्चालन गरेको कार्यक्रम अर्थपुर्ण रहेको छ ।
मानव बेचबिखनले व्यक्ति, परिवार तथा रोकथामका लागि सबै सरोकारवाला निकाय र समुदायको सक्रिय सहभागित आवश्यक छ । यस कार्यक्रमबाट सहभागीहरुले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका उपाय तथा कानुनी व्यवस्थाबारे महत्वपुर्ण जानकारी प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र प्राप्त ज्ञानलाई आफ्ना परिवार, टोल तथा समुदायमा समेत फैलाउन अनुरोध छ ।
स्थानिय सरकार सधै सहकार्य र समन्वयमा काम गर्दै आएको र आगामी दिनमा पनि सहकार्य र समन्वयमा काम गर्ने फ्रतिबद्धता व्यक्त गर्दै कार्यत्रमको सफलताको शुभकामना दिदै माइती नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो ।”सहभागी सावित्री परियारः– “आजको यस अनुशिक्षण कार्यक्रममा सहभागी हुन पाउंदा म धेरै खुसी छु । यस कार्यक्रमबाट मानव बेचबिखनका जोखिम, यसको रोकथामका उपाय तथा आफुलाई कसरी सुरक्षित राख्ने भन्ने महत्वपुुुुुुर्ण जानकारी प्राप्त गरे ।
अब म आफु मात्र होइन, आफ्ना साथीहरु, परिवार र समुदायका अन्य महिला तथा बालबालिकाहरुलाई पनि सचेत गराउने प्रयास गर्नेछु । आगामी दिनमा हामीलाई कानुन बारे जानकारी दिन यस्ता कार्यक्रम अत्यन्त आवश्यक भएको हुदां यस्ता कार्यक्रम थप ल्याउन अनुरोध गर्दछु साथै सचेतनामुलक कार्यक्रम आयोजना गरेकोमा माइती नेपाललाई धेरै धन्यवाद दिईएको छ ।

