
डिल्लीराज पन्त
कञ्चनपुर । भी.न.पा.–१२ र नयाँ गन्तव्य नेपाल सुधार केन्द्रको साझेदारीमा लागूऔषध दुव्र्यसन न्यूनीकरण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूलाई लागूऔषधको असर, यसबाट सिर्जिने सामाजिक तथा व्यक्तिगत समस्या, मानव बेचबिखनका जोखिम तथा त्यसबाट बच्ने उपायबारे जानकारी प्रदान गरिएको थियो।
पछिल्लो समय युवा पुस्ता लागूऔषध दुव्र्यसनतर्फ आकर्षित हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धि गर्न तथा लागूऔषध नियन्त्रणमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा सरोकारवाला पक्षले युवाहरूलाई सचेत, जिम्मेवार र सुरक्षित समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुस

