बर्दिया ,भुरीगाँउ पौष १८ , क्रान्तिकारी पत्रकार महासंघ बर्दिया जिल्ला समितिको दोस्रो भेला सम्पन्न भएको छ । भेलाबाट आयुश न्यौपानेको अध्यक्षतामा ११ सदस्सीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रतिभा चौधरी, सचिवमा चेतराज न्यौपाने,कोषाध्यक्षमा अन्जु तिवारी र सदस्यहरुमा राजेन्द्र थापा,जनतारा रोकाया,यमकली विश्वकर्मा,हेमराज गरी र लिला बस्नेतलाई चयन गरिएको छ । समितिमा २ सदस्स पछि थप गर्ने बताइएको छ ।
कार्यक्रम उद्घाटन कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश ५ का संयोजक रवि पाण्डेयले पत्रिकारिता बर्ग साक्षेप हुने बताउदैं जनपक्षीय पत्रकारिता गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेयले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न क्रान्तिकारी पत्रकार महासंघले अभियान संचालन गरेको बताउदैं राष्ट्रियता सार्वभौकिता र अखण्डता भन्दा ठुलो मिसन केही हुन नसक्ने बताए ।
उनले सरकारले ल्याएको सुचना प्रविधि ऐनले आलोचना गर्न पाउने अधिकार कुण्ठित भएको भन्दै पत्रकारिता आलोचना विहीन नहुने बताए । उनले गाउगाउमा बढेकाले भष्ट्रचार बिकृति बिसंगतिका बिरुद्ध निर्भिक भएर लाग्न पत्रकारहरुलाई आग्रह गरेका थिए । गाउ गाउमा भष्ट्रचार आएको छ निर्भिक भएर बिषय उठान गर्नुस –पाण्डेयले भने ।कार्यक्रममा बिशिष्ठ अतिथि नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य संकुललले यथास्थितिको पत्रकारिता भन्दा क्रमभंगतामा जानुपर्ने बताए । पार्टीका बाँके बर्दिया ईञ्चार्ज समेत रहेका नेता संकुलले परम्परागत तथा पुजीवादी पत्रकारिताको बिरुद्ध क्रान्तिकारी पत्रकारले धावा बोल्नुपर्ने विचार राखे । उनले शासकहरुका अन्धभक्तिमा पुजीवादी पत्रकारहरु रमाएका बताउदैं त्यो जंजाल तोड्नुपर्नेमा जोड दिए । कार्यक्रममा क्रान्तिकारी माओवादी बर्दियाका सेक्रेटरी बिपिनले पार्टीले उठाएका विचारलाई जनतामा लैजानुपर्ने बताउदै पार्टीले क्रान्तिकारी पत्रकारलाई अभिभावकत्व प्रदान गर्ने बताए ।
कार्यक्रममा पार्टीका जिल्ला सल्लाहकार धर्मदत्त ढकाल (विप्लव) सत्खलुवा सामुदायिक होम स्टेका अध्यक्ष सुरेश आचार्य देजमोका प्रदेश सदस्य महिसरा बुढा , धर्म अधिकारी लगायतका आतिथ्यता रहेको थियो ।भेला पछि बसेको प्रथम बैठकले जिल्लामा रहेका सबै पालिकाहरुलाई हेर्ने गरी कार्यबिभाजन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुस