कञ्चनपुर, र्पाष २१ ,महेन्द्रनगरबाट प्रकासित हुने पश्चिम नेपाल दैनिकका प्रकासक सम्पादक पत्रकार लक्ष्मणदत्त पन्तले आर्थिक पत्रकारिता पुरस्कार पाएका छन् । पत्रकार पन्तले कञ्चनपुर आर्थिक पत्रकारिता पुरस्कार ०७६ पाएका हुन्

।पत्रकार पन्त महेन्द्रनगरबाट प्रकासित हुने पश्चिम नेपाल दैनिकका प्रकासक सम्पादक हुन् । उनलाई कञ्चनपुर उद्योग वाणिज्य संघले आर्थिक क्षेत्रमा संचार माध्यमका क्षेत्रबाट योगदान पु¥याएको भन्दै कञ्चनपुर आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

सोमबार संघको महेन्द्रनगरमा सम्पन्न भएको ३० औँ बार्षिक साधारण सभामा पत्रकार पन्तलाई नगद ५ हजार १ सय रुपैयाका साथै प्रसंसा पत्र प्रदान गरिएको थियो । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष एव प्रमुख अथिति सुदूरपश्चिम प्रदेश आर्थिक मामला तथा योजनामन्त्री झपट बोहराले दोसल्ला ओढाएर पुरस्कार हस्तान्तरण गरे ।
पुरस्कार पाए लगत्तै पत्रकार पन्तले उक्त पुरस्कारको पुरै रकम अनाथालयमा सहयोग गरेका छन् । महाकाली बाल अञ्चल अनाथालयका कार्यालय प्रमुख शंकर बहादुर चन्दलाई उक्त पुरस्कार सोही समारोहमा हस्तान्तरण गरे ।

उनी १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा आएका छन् । स्नाकोत्तर गरेका पन्त बेलौरी नगरपालिका १० भुडाका स्थानीय हुन् । प्रेस संगठन नेपाल सुदूरपश्चिम सदस्य सदस्य समेत रहेका पन्तले उद्योग वाणिज्य संघले आफुप्रति देखाएको सद्भाव सराहनिय भएको बताउदै अनाथ बालबालिकाको क्षेत्रमा सहयोग गरेको बताए । उद्योग वाणिज्य संघले हरेक साधारण सभामा कञ्चनपुरको आर्थिक विकासमा संचारक्षेत्रबाट योगदान पु¥याए बाफत पत्रकारको हौसला प्रदानका लागि पुरस्कृत गर्दै आएको छ । पत्रकार पन्त सहित खेलकुद क्षेत्रका प्रशिक्षक एव व्यवसायिक क्षेत्रका व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको छ ।
संघले खेलकुद क्षेत्रका योगदान पु¥याएको भन्दै प्रमुख भलिबल प्रशिक्षक एव नेपाल भलिबल संघका केन्द्रीय सचिव जगदिश प्रशाद भट्ट, केदार गुर उद्योग बेलडाँडीका संचालक डम्बर शाह, मर्माली टे«र्डसका संचालक धन ब। खत्री, यातायात क्षेत्रबाट खिमानन्द कडेल र उद्योग वाणिज्य संघका नि। अध्यक्ष गणेश दत्त जोशीलाई समेत सम्मान गरिएको छ । शाह बेलडाँडी क्षेत्रका सफल उद्योगी हुन् । उनी लामो समयदेखि व्यवसायमा जुटेका छन् । उनीहरुलाई समेत संघका अध्यक्ष जंग मल्ल, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले दोसल्ला ओढाएर प्रसंसा पत्र प्रदान गर्दै सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुस