कञ्चनपुर पौष २१ , नेकपा पार्टी निकट अनेरास्ववियुले विभिन्न माग अघि सार्दै दुई साता अघि महेन्द्रनगरको जनज्योती बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी खुलेको छ । सोमबार अनेरास्ववियुले तालाबन्दी खोलेको हो ।

अनेरास्ववियु कञ्चनपुरका नेता धर्मराज जोशीले क्याम्पस प्रशासनले आफ्नो संगठनले उठान गरेका माग पुरा गर्ने सहमती जनाएपछि ताला खुलेको बताउनुभयो।उनका अनुसार क्याम्पस प्रशासन र विद्यार्थी संगठनविच १० बुँदे सहमती भएको छ । सहमति भएका माग १०दिनभित्र पुरा गर्ने सहमती भएको छ । क्याम्सलाई प्रविधिमैत्री बनाउने, छात्रबृति, उचित फर्निचर व्यवस्थापन, ल्याब लगायतको व्यवस्थान पर्ने, बिबि .एसमा दुवै माध्यामबाट पठन पाठन गर्र्ने सहमती भएको छ ।

प्रतिक्रिया दिनुस