चितवन पौष २१ ,नेकपा (क्रान्तिकारी माआवादी) निकट मार्चा नेवा राष्ट्रिय मुक्ति मोर्चा चितवनको सोमबार जिल्ला भेला सम्पन्न भएको छ । जिल्ला भेलाले रविन्द्र श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा शोभा श्रेष्ठ, सचिवमा गुणराज श्रेष्ठ, कोषाध्यक्षमा रामबहादुर श्रेष्ठ चयन हुनु भएको छ ।भेला रविन्द्र श्रेष्ठको अध्यक्षता र गुणराज श्रेष्ठको सञ्चालनमा भएको थियो ।

भेलामा नेकपा क्रान्तिकारी माओवादी चितवनको इन्चार्ज विकास, जिल्ला सेक्रेटरी हेमन्त, राप्ती, खैरहनी नगर इन्चार्ज अल्पविराम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।त्यसैगरी गुणराज श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय राप्ती नगर कमिटि पनि गठन भएको छ ।कार्यक्रममा पार्टीका जिल्ला सदस्य किरण सुनार, कमला श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुस