कञ्चनपुर ,पौष २२ ,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का वडाध्यक्ष दिल बहादुर बुढामाथी हातपात भएको छ । छाडा पशु व्यवस्थापन गरे बाफतको रकम नदिएको भन्दै शुक्लाफाँटा नगरपालिका ११ का वडाध्यक्ष दिल बहादुर बुढामाथी हातपात भएको हो ।मंगलबार वडाध्यक्ष बुढाकै कार्यकक्षमा अग्नी बिष्ट र लोकेन्द्र विष्टले उनीमाथी हातपात गरेका हु्न ।

अग्नी र लोकेन्द्र बाबुछोराले उनीमाथी कार्यकक्षमै हातपात गरेको वडाध्यक्ष बुढाले बताए । आफु कार्यकक्षमै बसिरकेका बेला वडा कार्यालय पुगेका विष्टद्वय बाबुछोराले छाडा पशु चौपाया व्यवस्थापनको रकमको माग राखेर कुटपिट गरेको बताए ।

उनीहरुलाई २ लाख ६० हजार भुक्तानी गरिसकेको बताउदै वडाध्यक्ष बुढाले सम्झौता अनुरुप भन्दा बढि रकम भुक्तानी दिदा समेत सन्तृष्ट नभएर आफुमाथी हातपात गरेको बताए ।

शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधीमाथी भएको हातपातको भत्र्सना गरेको छ । शुक्लाफाँटा नगरका प्रवक्ता जगत बहादुर सिहले जे सुकै लेनदेन भएपनि हातपात गर्ने मानमर्दन गर्ने काम निन्दनिय भएको टिप्पणी गरे । प्रवक्ता सिहले घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारे । कुटपिट गर्नेहरुलाई पक्राउका लागि इप्रका झलारीको टोली परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुस