जनकपुरधाम पौष २२ , जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरुमाथि कुटपिट भएको छ । उपमहानगरपालिका मेयर लाककिशोर साहकै कार्यकक्षमा हातपात भएको हो ।
देशसञ्चार अनलाइनका संवाददाता राजा झा र कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरसहितका पत्रकारहरुमाथि मेयर र उनका सहयोगीले कुटपिट गरेको पत्रकारको भनाई रहेको छ ।

कान्तिपुर टिभीका समाचारदाता अमरकान्तका अनुसार मेयर र उनका कार्यकर्ताले हेलमेटले हिर्काएका थिए । मेयरको प्रतिक्रिया लिन कार्यकक्षमा गएको बेला कुटिएको पत्रकारहरुले जानकारी दिएका छन ।दाउन्ने न्यूजबाट

प्रतिक्रिया दिनुस