काठमाडौं पौष २३ ,लोकसेवा आयोगको कार्यालयले बिभिन्न ठाउमा करिब साढे पाँच सय नायब सुब्बा पदमा विज्ञापन आह्वान गरेको छ । आयोगको कार्यालयले बुधबार नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी ५४८ पदमा नयाँ भर्ना आह्वान गरेको हो ।

उक्त पदका लागि माघ १० गतेसम्म दरखास्त गर्न सकिनेछ । दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने लोकसेवाले जनाएको छ ।
लोकसेवा आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिने जनाइएको छ । फारम अनलाईन मार्फत भर्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुस