ललितपुर पौष २६ , नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल ३ नं. प्रदेशको प्रथम सम्मेलनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न भएको छ ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनलाई प्रमुख अतिथि गजुरेल, नेवाः मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ, क्रान्तिकारी माओवादीका पीवीएम तथा ३ नं. प्रदेशका सचिव प्रवेश, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष विजयरत्न बज्राचार्य, क्रान्तिकारी युवा लिगका उपाध्यक्ष तथा ३ नं।प्रदेश अध्यक्ष केशव ढलकोटी, अखिल क्रान्तिकारीकी उपाध्यक्ष तथा ३ नं। प्रदेश संयोजक शिलु न्यौपाने, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी सचिव रुपा गेलाल, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका महासचिव सुरेश तामाङ, क्रान्तिकारी माओवादीका सल्लाहकार सुर्यबहादुर नकर्मी, अखिल नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधि कपिल पुन लगायतका नेताहरुले सम्मेलन सफलताको शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

नेवाः मोर्चाका महासचिव शिव श्रेष्ठको अध्यक्षता र श्रीकृष्ण सुलुको सञ्चालनमा सम्पन्न सम्मेलनमा मोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।मुलबाटो बाट

प्रतिक्रिया दिनुस