कञ्चनपुर, फागुन ५,उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधिश शारङ्गा सुवेदी चढेको गाडीमा आगलागी भएको छ ।
सोमबार कार्यालय विदा भएपछि महेन्द्रराजमार्ग स्थित विपिन ईन्टरपाईजेज पेट्रोल पम्पमा तेल हाल्न गएको उक्त जिपमा एक्कासी आगो लागेको हो ।
उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका रजिष्ट्रार तिर्थराज भट्टले न्यायाधिश सुवेदी चढेको बा १ झ ८८६३ नम्बरको गाडीमा तेल हालेपछि फर्किने क्रममा स झ ५ः१५ बजेतिर एक्कासी आगो लागेको बताए ।
‘खै किन के कारणबाट आगो लाग्यो, ‘रजिष्ट्रार भट्टले भने, ‘मानविय क्षति भएन, ‘गाडी जलेर नष्ट भएको छ ।’ आगो लागेपछि न्यायाधिश सहित चालक निर्मला अधिकारी, सुरक्षाकर्मी कविता चौधरी उत्रिएका थिए । वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज मोहनजंग बुढथापाले अगाडीको वाईरिङ्ग तार सर्ट हुँदा आगो लागेको बताए । भीमदत्त नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो निभाएका थिए । आगलागीको थप कारण पत्ता लगाईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस