डडेल्धुरा फाल्गुन,५, डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिका स्तरिय दोस्रो रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आलिताल गाँउपालिका स्तरिय दोश्रो रास्ट्रपति रनिङ्ग शिल्डमाा प्रत्योगितामा स्वर्ण पदक सहित प्रथम स्थानमा दुर्गा मा .बि डोला आलिताल बिजयी भएको भएको छ ।

त्यस्तै स्वर्ण सहित उणिकोट मा .बि. गांखेत र गौरीशंकर मा .बि. मेलगाजा दोश्रो स्थानमा बिजग भएका छन। भने तेस्रो स्थानमा श्री सिद्धभगवती माध्यमिक बिध्यालय ,दोबाटा,आलिताल बिजयी भएको छ ।

सिद्धभगवती माध्यमिक बिध्यालय दोबाटाले एथलेटिक्स तर्फ छात्रा तर्फ १०० मिटर दौडमा १ स्वर्ण, २०० मिटर दौडमा १ स्वर्ण , लङ्गजम्पमा १ स्वर्ण गरि भागरथी कार्कीले उपाधी हात पारेको छ  त्यस्तै छात्रा तर्फ नै ज्याब्लिङ्ग थ्रो मा १ स्वर्ण र सटपटमा १ स्वर्ण सहित चन्द्रा महराले २ स्वर्ण पदक हात पारेकी छ । त्यसैगरी छात्र तर्फको ४०० मिटर दौडमा १ स्वर्ण र ८०० मिटर दौडमा १ स्वर्ण सहित गोपाल सार्कीले दुइ पदक हात पारेका छन । आलिताल गाँउपालिका स्तरिय दोश्रो रास्ट्रपति रनिङ्ग शिल्डमाा प्रत्योगितामा सात स्वर्ण पदक सहित तेस्रो स्थानमा सिद्धभगवती माध्यमिक बिध्यालय बिजयी भएको छ ।

गाँउपालिका स्तरिय दोश्रो रास्ट्रपति रनिङ्ग शिल्डमाा प्रत्योगितामा नौ विध्यालयको सहभागिता रहेको थियो ।आलिताल गाँउपालिका स्तरिय दोस्रो रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको सिद्धभगवती माध्यमिक बिध्यालय दोबाटाका शिक्षक केशव बहादुर साउदले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुस