कञ्चनपुर फाल्गुन ४,कञ्चनपुरको सुनौलो महाकाली यातायात सेवा प्रालिले महेन्द्रनगर देखि काठमाण्डौँ सम्मका लागि यातायात सेवा विस्तार गरेको छ । यस अघि नगर, जिल्ला, प्रादेशिक स्तरको सेवा विस्तार गरेको सुनौलो महाकालीले अबदेखि महेन्द्रनगरदेखि सिधै काठमाण्डौँँ सेवा विस्तार गरेको हो । सोमबार भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले एक कार्यक्रमका विच यातायात सेवाको उद्घाटन गर्दै यातायात सेवालाई गुणस्तरिय एव सुरक्षित दिनुपर्नेमा सुझाव दिए । मेयर विष्टले यातायातले पर्यटन प्रर्बद्धनमा समेत टेवा पुग्ने बताए ।

सुनौलो महाकाली यातायात सेवा प्रालिका निर्बतमान अध्यक्ष दानसिह धामीले सेवा विस्तार गरिएको बताए । उनका अनुसार दैनिक महेन्द्रनगरदेखि राजधानीका लागि एक बस छुट्ने छ । पाँच बर्ष ल्याएको सुनौलो महाकालीले दैनिक रुपमा राजधानीका लागि बस सेवा विस्तार गरेको छ । १८सय २५रुपैया भाडा निर्धारण गरिएको छ । महाकाली यातायात सेवा प्रालिका अध्यक्ष जनक बहादुर चन्दले आगामी दिनमा अझै सेवाको क्षेत्र विस्तार गरिने बताए । यस अघि महाकलाी टेम्पुबाट यातायात सेवा विस्तार गरेको प्रालिले विङगर सहित एसि बस सेवा विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुस