काठमाडौं, फागुन१५, नेकपा (माले) पार्टीका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली दुर्घटनामा परेका छन् । बिहिबार दुर्घटनामा परी उपप्रधानमन्त्री सीपी मैनाली गम्भिर घाईते भएका हुन ।

झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ गाडीसँग महोत्तरीको बर्दिवास नगरपालिका ३ मा ठोक्किएको थियो । मैनालीको टाउको, छाती लगायत भागमा चोट लागेको छ । उनलाई काठमाडौं ल्याउनको लागि हेलिकप्टर मगाइएको छ ।

प्रतिक्रिया दिनुस