कञ्चनपुर ,फागुन १६ कञ्चनपुरकोशुक्लाफाँटा नगरपालिका ११ झलारीमा भण्डारी दाम्पत्तीको विभत्स हत्या भएपछि मृतकका दुधे बालिकाको विचल्ली भएको छ । शुक्लाफाँटा नगरपालिका ११ झलारी कलुवारका जयलाल भण्डारी र उनकी श्रीमती धनादेवि भण्डारीको हत्या भएपछि ६ महिने ममता भण्डारीको विचल्ली भएको हो ।
जयलाल भण्डारीकी जेठी श्रीमतीको तीन बर्ष अघि क्यान्सर रोगबाट मृत्यु भएपछि उनले ३० बर्षकान्छी युवती धनादेवी भण्डारीसंग विवाह गरेका थिए । जयलालका जेठी श्रीमतीबाट दुई छोरा र एक छोरी थिए । तिनै जनाको विवाह भईसकेको छ । अहिले जयलाल कान्छी श्रीमती धना र नाबालिका छोरीसंगै झलारीको घरमा बस्दै आएका थिए । विवाह गरेको दुई बर्षमै छोरी जन्मिएकी थिईन् । ५२ बर्षिया जलयालले २२ बर्षियाकी युवतीको विवाह भएको बारे स्थानीयले घटनापछि मात्रै थाहा पाए । पोष्टमाष्टका लागि दुवैको शव महाकाली अस्पताल ल्याईएको छ । भने मृतकका छोरा भरत र जगदिश घटना स्थल पुगेका छन् । प्रहरीले अहिले पनि घटना स्थलको सुरक्षा गरेर अनुसन्धान जारी राखेको छ । यता आमाबाबु गुमेपछि दुधे बालिकाको विचल्ली भएको छ । उनी बिहीबार रातीदेखि नै बिरामी भएकी छिन् । मामा घरमा राखिएका नाबालिकाको महेन्द्रनगरको मालिकार्जुन निजी अस्पतालमा उपचार भईरहेको छ ।


बालिकामा आफन्त राम बहादुर रावलले उपचारका लागि महेन्द्रनगर ल्याएका छन् । ‘हिजैदेखि बालिका बिरामी थिईन, ‘उनले भने, ‘एक्कासी कापिरहेकी छिन ।’ समान्य दुध खाएपनि बालिकाका अन्य केही खाना नखाएको उनले बताए ।
स्थानीय अस्पतालमा लगेपछि निको नभएका कारण शुक्रबार बिहान महेन्द्रनगर अस्पतालमा ल्याएको उनले बताए । बालिकालाई कसको जिम्मा लगाउने भन्ने विषयमा अन्यौलता छाएको छ । मामा घर अर्थात सौतेली दाजुभाई कहा रु जब बालिका मृतक बाबुसंगै थिईन् । उनी रोएपछि मात्रै घटना भएको खुलेको छ ।

प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि कुकुर ल्याएको थियो । घटना अघिल्लो गयराती भएपनि बिहीबार दिउँसो मात्रै पत्ता लागेको थियो । घर सुनसान भएपछि भण्डारीको घारमा आईपुगेका आफन्तले घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाकी आफन्त पार्वती रावल दिउँसो घरमा पुगेपछि घटना भएको खुलेको हो ।
नाबालिका ममता भण्डारीका लागि रावलका छिमेकी घरबाट सधै दुध ल्याउँथे, तर बिहीबार दुध ल्याउन कोही नआएपछि आफै घरमा पुगेको पार्वतीले स्थानीयसंग बताएकी थिईन् । जयलालसंगै कोठामा रहेकी बालिका भोकले रुँदै गरेको अवस्थामा पार्वतीले प्रहरीलाई खबर गरेकी थिईन् । आफन्तले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।

झलारीका स्थानीय युवा एव मृतका आफन्त प्रतिक रावलले घटना महाअपराध भएकाले अपराधबाट एक नाबालिकाको जिवन अन्धकार बनेको बताउदै घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारे । अधिकारकर्मी माया नेगीले यो घटना मानवता बिरोध अपराध भएको टिप्पणी गरे । दुधे नाबालिकाको विचल्ली पारेर गरिएको यो घटना कहालिलाग्दो भएको बताउदै घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिन् । ‘आमाबाबु दुवै नभएको अवस्थामा यस्ता टुहुरा बालबालिकाको राज्यले सम्पूर्ण भरणपोषण गर्नुपर्छ, ‘उनले भने, ‘बालिकाको राज्यले व्यवस्थापन गर्नुपर्छ ।’

कञ्चनपुर प्रहरीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । घटना स्थलमा रातभरी प्रहरी राखेर कुकुर समेत प्रयोग गरेको प्रहरीले घटना बारे थप प्रमाण संकलन गरिरहेको छ । घटनाको चौतर्फि भत्सर्ना एक निन्दा गरिएकोछ । घटना स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुस