काठमाडौँ फाल्गुन १८, सत्तारुढ डबल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । आइतबार राष्ट्रियसभा गृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा सहभागी हुने क्रममा मञ्चासिन प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

काठमाडौं प्रहारीका एसपी सोमेन्द्र सिंह राठौरले जुत्ता प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको बताएका छन् । उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा लगिएको छ । दाहाललाई लक्षित गरेर प्रहार भएको जुत्ता भने नलागेको प्रहारीले दावी गरेको छ ।

जुत्ता प्रहार गर्ने जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ । उनका बाबु मोहन तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए ।

राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दीर्घाबाट प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । त्यसपछि प्रहरीले तत्कालै तिरुवालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुस