कञ्चनपुर, चैत ११। भारतका विभिन्न शहरबाट स्वदेश फर्किएका सयौ नेपालीलाई भारतीय प्रहरीले बनबासा जंगल क्षेत्रमा रोकेर अभद्र व्वयार गरेको थियो । राती १ बजेदेखि बनबासा चक्करपुर रोडको जंगलमा रोकेको भारतीय प्रहरीले एकाएक नेपालीलाई कुटपिट गर्दै गडीगोठ हुँदै महाकाली नगरपालिका तर्फ धपाएको थियो ।
कञ्चनपुरको खुला सिमा नाका संग जोडिएको महाकाली नगरपालिकाको जंगल क्षेत्रमा धपाएका नेपालीको सशस्त्र प्रहरीले उद्दार गरि पुन गड्डाचौकी ल्याएको थियो । त्यस्तै महाकाली नगरपालिका उपमेयर चिनी गिरीले आफुले चढुने गाडी लाई अलपत्र परेका महिलाहरुको उद्दारमा प्रयोग गरिएको थियो । उपमेयरको गाडीले केहि महिला लाई गड्डाचौकी ल्यायने काम गरेको थियो ।
भारतीय गडीगोठको गाउँ हुदै महाकाली नगरपालिका
नेपालका सीमा क्षेत्रमा नाकाबन्दी र कञ्चनपुर कलडाउन भएपछि त्यहाँबाट नेपाल प्रवेस गर्नका लागि प्रहरीले रोक लगाएपछि बिरामीहरुको बिचल्ली भएको हो । उनीहरु कोही सडक, कोही बन्द रहेका पसलमा बसिरहेका थिए ।
कञ्चनपुरको गड्डाचौकी र त्यहाँदेखि १२ किलोमिटर भारतर्फ नेपाली अलपत्र परेका थिए ।
सीमा क्षेत्र र भारतमा अलपत्र परेका नागरिकलाई महाकाली र नमस्ते शुक्लाफाँटा यातायात प्रालिका बस मार्फत उनीहरुले साँझ ६बजेतिर गन्तव्य तर्फ पठाईएको थियो । मंगलबार साँझसम्म जम्मा पाँच सय ५० जनाको आवश्यक चेकजाँच गरी लगत समेत लिइएको र कम्तिमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा रहन सुझाव दिइए नेपाल हुनै सबैलाई घर पठाउने काम भएको जिल्ल प्रशासन कार्यालयले जनएको छ ।

प्रतिक्रिया दिनुस