दिपकराज भट्ट,डडेल्धुरा चैत्र १२ , बिश्वभर कोरोना भाईरस (कोभिड १९ ) माहामारिको  रुपमा फैलिरहेको हुदा भागेश्वर गाउँपालीकाले सेल्फ क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको छ । जोखिमको उच्च घडिमा डडेल्धुराको भागेश्वर गाउँपालीकाले बिभिन्न तयारिहरु गरि गाउँपालीका भित्रका बिभिन्न ठाउमा हेल्थ डेस्क र क्वारेन्टाईनको ब्यवस्था गरि गरिरहेको छ ।

कोरोेनाको जोखिममा हामि पनि रहेकाले यसबाट जोगिन गाउँपालीकाले बिभिन्न तयारि गरिरहेको र यसको सक्रमण बाट बच्न भागेश्वर गाउँपालीका अग्रसर रहने गाउँपालीका प्रमुख प्रशासकिय अधिकृत हर्ष रोकाले बताए।

गाउँपालीका आकस्मित कोसका लागि गाउँकार्यपालिका निणय अनुसार दस लाख रकम समेत छुट्याइएको गाउँपालीका अध्यक्ष कौशिला भट्टले बताए ।मंगलबार कैलाली र कञ्चनपुरका सिमा नाकामा भारत लागायत तेस्रो मुलुक बाट नेपाल फर्केका नेपालि हरुलाई घरजान दिने निर्णय भएपछी ९९९ जनालाई घरजान पाउने निर्णय गरिएको थियो।

९९९ जानमा डडेल्धुराका ६५ जना पनि घर फर्किएका थिए। ९९९ जाना मध्ये डडेल्धुराको भागेश्वर गाउँपालीका भित्रका ३ जना रहेका थिए। ३ जना गाउँ फर्किएपछि गाउँपालीकाले स्थापना गरेको क्वारेन्टाईनमा उनिहरु लाई सुरक्षित प्रकारले राखिने र सबै गाउँपालीका बासिलाई घरमै सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत हर्ष रोका ले जानकारि दिएका छन ।

प्रतिक्रिया दिनुस