दिपकराज भट्ट , भागेश्वर डडेल्धुरा चैत्र २२ ।डडेल्धुराको भागेश्वर गाउपालिकाले शनिबारका दिन जिल्ला स्वास्थ कार्याल डडेल्धुरा प्रमुख आासुतोष श्रेष्ठ ,गाउपालिका अध्यक्ष कौशिला भट्ट जिल्ला प्रशासनका कर्मचारी,जिल्ला समुन्व्य प्रमुख गणेश भट्ट र गाउपालिकाका कर्मचारी ले आज अनुगमन गरेका छन् ।

अनुगमन गर्दा क्वारेन्टाइनमा रहेका पाचै जाना लाई सोध्दा आफुलाई कुनै समस्या नरहेको र आफु मा रुघाखोकि र ज्वरो समेत नरहेको जानकारि गाउपालिका अध्यक्ष कौशिला भट्ट ले जानकारि दिईन । हाल सम्म भागेश्वर गाउपालिकामा जम्मा २१७ जाना आएको र जसमा पाँच जाना सरस्वती मा।वि बगरकोटको क्वारेन्टाइन मा बसेका छन् ,तर गाउपालिकाले ५ वडामा क्वारेन्टाइन को ब्यवस्था गरेकाले आफु सुरक्षित रहनु र समाज लाई पनि सुरक्षित राख्नुका लागि आफु नजिकको क्वारेन्टाइन मा बस्नुको लागि भागेश्वर गाउपालिकाका स्वास्थ प्रमुख मान बहादुर शाहुले अनुरोध समेत गरे ।

प्रतिक्रिया दिनुस