कञ्चनपुर, २४ चैत्र ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका युवा नेता ओम बिक्र्म भाटसरलले कञ्चनपुरका तीन स्थानीय तहमा भारी परिमाणमा खाद्यान्न सहयोग गरेका छन् । नेकपा सुदूरपश्चिमका सदस्य सरलले कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरका गरिब विपन्न एव दैनिक ज्यालागरि गुजारा चलाउने मजदुरका लागि भन्दै स्थानीय तहलाई खाद्यान्न सहयोग गरेका हुन् ।

बेदकोट नगरपालिका १० निवासी सरल हाल काठमाण्डौँमा बस्दै आएका छन् । उनले आफ्ना सहयोगी नेकपा नेताहरु मार्फत खाद्यान्न सहयोग गरिरहेका छन् । सरलले कृष्णपुरका मेयर कर्ण हमाललाई पत्र पठाउदै उक्त राहत कोरना भाईरसको संक्रमणणबाट प्रभावित समुदायलाई राहत दिलाउनका लागि स्थानीय तह अनुरुप २० क्विन्टलका दरले चामल सहयोग गरेको जनाएका छन् ।
कोरना बिरुद्ध एकजुट हुन समेत नेता सरलले आब्हान गरेका छन् । कृष्णपुर नगरालिका जस्तै शुक्लाफाँटा र बेदकोट नगरपालिकामा समेत २०क्विन्टलका दरले चामल हस्तान्तरण गरिने छ ।
नेकपा क्षेत्र नम्बरका संयोजक रण बहादुर महरा, सचिव चन्द्रकान्त भट्ट९सिके० सहितका नेकपा क्षेत्र नम्बर २ का नेता कार्यकर्ताहरुले उक्त राहत रकम स्थानीय तहलाई हस्तान्तरण गरेका थिए । नेकपा सुप प्रदेशका सदस्य ओम बिक्रम भाट
९सरल०ले हस्ताक्षर गरेको पत्रमा कोरना भाईरस बिरुद्ध नगरपालिकाले चाल्ने हरेक अभियानमा सकृया साथ र सहयोगको बचन सहित प्रतिबद्धता जाहेर गरिएको छ । सरलले आफु अनुपस्थित भएपनि नेकपा नेता कार्यकर्ता मार्फत स्थानीय तहलाई संकटको घडीमा खाद्यान्न समाग्री हस्तान्तरण गरेपछि स्थानीय तहका जनप्रतिनिधीले सरललाई धन्यवाद दिदै उनीप्रति आभार प्रकट गरेका छन् । स्थानीय तहले यस्तै सहयोगको अपेक्षा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुस