विकास सिह महता ,कञ्चनपर,बैशाख, ३। छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि कञ्चनपुरको सीमा क्षेत्र सिल गरेको सशस्त्र प्रहरीले जिल्लामा पनि पुर्णरुपमा सिल गरेको छ ।भारतसंग सीमा जोडिएको कञ्चनपुरको (२९.५ )किलोमिटर सीमा क्षेत्र सिल गरेको सशस्त्र प्रहरीले कञ्चनपुर प्रवेस नाका कृष्णपुर नगरपालिका ६ को गुलरिया र पुनर्वास नगरपालिका ११ डोकेबजार क्षेत्रबाट जिल्ला प्रवेस र बाहिरिन दिएको छैन् ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले सरकारले अख्तियार गरेको लकडाउनको नीति अनुरुप जिल्ला जिल्ला प्रवेसमा रोक लगाउन भित्रिसीमा क्षेत्र सिल गरेको बताए । ‘हामीले कञ्चनपुर अन्य जिल्लाबाट कञ्चनपुर प्रवेस गर्ने मुख्य दुई नाका गुलरिया र डोकेबजारमा २४ सै घण्टा सशस्त्र प्रहरी खटाएका छौँ, ‘उनले भने, ‘जिल्लामा प्रवेस गर्न दिदैनौँ, बाहिरिन पनि दिदैनौँ ।’ सीमा क्षेत्रमा सशस्त्र प्रहरीले जिल्ला प्रवेस गर्न नदिएपछि कोरोना संक्रमणको जोखिम न्यूनिकरण हुने दावि गरिएको छ । भारतसंग सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरीले थप २ सय २० जनशक्ति परिचालन गरेर कसैलाई पनि प्रवेस गर्न दिएको छैन् ।

प्रतिक्रिया दिनुस