धन्नजय अवस्थी ,
कञ्चनपुर, बैशाख, १० । कोरोना भाइरसले देशभर लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारलाई शुक्लाफाँटा नगरपालिकामा विभिन्न विकास निर्माण र तालिमकालागि बिनियोन गरेरका रकमहरुको शिर्षक परिर्वतन गरेर राहात सामाग्री खाध्यान्न खरिद गरेर राहत बाड्ने होड्बाजी चलेको छ । शुक्लाफा“टा नगरपालिकामा जम्मा ५९,५७,००० उन्सठ्ठी लाख सन्तान्न हजार रकमको राहात सामाग्री खरिद गरेर राहात वितरण गर्न शुरु गरिएको छ ।


शुक्लाफाँटा नगरपालिका वार्ड १ मा पहिलो चरणमा १ लाख रकम विपत व्यवस्थापन कोषबाट १ सय १७ विपन्न तथा मजदुरी गरिखाने दलित परिवारलाई चामल , दाल, तेल, नुन लगायत खाध्यान्न वितरण गरिएको छ । दोस्रो चरणमा ५ लाख पचहत्तर हजार रकम विकास निर्माण तालिम तथा खेलकुद प्रत्योगिताका लागि बिनियोजन गरेको रकमलाई योजना परिर्वतन गरेर विपन्न खानलाउन समस्या भएका २ सय ५० परिवारलाईर राहात सामाग्री खरिद गरेर राहात वितरण गर्ने तयारी रहेको अध्यक्ष हरिश बहादुर विष्टले बताउनुभयो ।

 

शुक्लाफाँटा नगरपालिका वार्ड २ मा पनि राहत वितरण शुरु गरिएको छ । वार्डका उध्यमी युवाहरुलाई स्वरोजगार गर्न र उध्योग सञ्चालन अनुदान तथा तालिमका लागि बिनियोजन गरेको ५ लाख रकमलाई कोरोना राहत वितरण शीर्षक परिर्वतन गरेर २ सय ४५ परिवारलाई राहात सामाग्री खाध्यान्न खरिद गरेर राहत वितरण गर्न शुरु गरिएको अध्यक्ष शिव राज पनेरुले बताए । उन्का अनुसार लकडाउन लाई प्रभावकारी गराउनका लागि घरमै राहात पुत्याउने व्यवस्था मिलाएको छ वार्ड भित्रका बिपन्न परिवार ज्याला मजदुरी गरिखाने र दलित परिवारलाई लक्षित गरेर राहात वितरण गरिएको अध्यक्ष पनेरुले बताउनुभयो ।
शुक्लाफाँटा नगरपालिका वार्ड ३ मा पनि ३ लाखको तारजाली शिर्षकमा रहेको रकमलाई नगरपालिकाबाट कोरोना राहत वितरण शीर्षक परिर्वतन गरेर १३९ अति विपन्न परिवारलाई राहात सामाग्री खाध्यान्न खरिद गरेर राहात बितरण गरेको अध्यक्ष नरेन्द्र प्रसाद चैधरी डगौराले बताउनुभयो ।
शुक्लाफाँटा नगरपालिका वार्ड ४ मा पनि विभिन्न योजना निर्माणका लागि ६ लाख २२ हजार रकम विनियोजन गरिएको रकमलाई कोरोना राहत वितरण शीर्षक परिर्वतन गरी राहात सामाग्री खाध्यान्न खरिद गरेर राहत बितरण गरिएको छ । शुक्लाफाँटानगर पालिका वार्ड ४ का १९५ विपन्न परिवारलाई राहात रकम वितरण गरिएको वार्ड अध्यक्ष ज्ञानेन्द्र बहादुर बिष्टले बताउनुभयो ।
शुक्लाफाँ टानगरपालिका वार्ड ५ मा पनि सोलार बत्ती जडानकालागि विनियोजन गरेरको १० लाख रकमलाइ नगरपालिकाबाट शीर्षक परिर्वतन गरेर राहात सामाग्री खाध्यान्न खरिद गरेर राहात बाड्न शुरु गरिएको छ । वार्ड भित्रका अति विपन्न ,वादी हलिया मुक्क्त क,ख,ग बर्गका परिवारलाई लक्षित गरेर १९५ परिवारलाई राहात वितरण शुरु गरिएको अध्यक्ष कमल राज गिरीले जानकारी दिनुभयो । पहिलो चरणमा पनि वार्ड भित्रका सबैलाई साबुन वितरण गरिएको अध्यक्ष गरिले जानकारी दिनुभयो ।
शुक्लाफाँटा नगरपालिका वार्ड ६ मा पनि महिलाका लागि व्युटी पार्लर तालिम १ लाख रकम र १ लाख बैजनाथ विध्यालका लागि प्रयोग शाला निर्माणका लागि विनियोजन गरिएको रकमलाई नगरपालीका बाट शीर्षक परिर्वतन गरेर राहात सामाग्री खाध्यान्न खरिद गरेर राहात बितरण शुरु गरिएको अध्यक्ष जगत राना बताउनुभयो । वार्ड भित्रका अति विपन्न ५५ परिवारलाई पहिलो चरणको राहात वितरण गरिएको अध्यक्ष रानाले बताए ।


शुक्लाफाँटा नगरपालिका वार्ड ७ मा पनि विकास निमार्णका लागि ९ लाख पचास हजार बिभिन्न शीर्षमा बजेटविनियोजन गरिएको रकमलाई नगरकार्यपालिकाबाट शीर्षक परिर्वतन गरेर राहत वितरण शुरु गरिएको अध्यक्ष जगत बहादुर शिहले बताउनुभयो । लकडाउनको समयमा समस्यामा परेका ज्याला मजदुरी गरिखाने बिपन्न परिवारलाई लक्षित गरेर राहात वितरण गरिएको अध्यक्ष शिहले बताए । पहिलो चरणमा २ सय ३६ विपन्न परिवारलाई राहात सामाग्री खाध्यान्न खरिद गरेर राहात वितरण गरिएको बताए ।
शुक्लाफाँटा नगरपालिका वार्ड ८ मा पनि विकास निमार्णका लागि विनियोजन गरेको ७ लाख रकमलाई नगरपालिकाबाटशीर्षक परिर्वतन गरेर २ सय ३६ विपन्न परिवारलाई राहात सामाग्री खाध्यान्न खरिद गरेर राहात शुरु गरिएको वार्ड अध्यक्ष बहादुर शिह महराले जानकारी दिनुभयो ।
शुक्लाफाँटा  नगरपालिका वार्ड ९ मा पनि विकास निमार्णका लागि र महिला क्षमता अभिवृदि तालिम तथा बालबालिका कम्प्युटर तालिम शीर्षकमा विनियोजन गरेको ७ लाख रकमलाई नगरपालिकाबाट शीर्षक परिर्वतन गरेर पहिलो चरणमा समस्यामा परेका ज्याला मजदुरी गरिखाने २३५ बिपन्न परिवारलाइ राहात सामाग्री खाध्यान्न खरिद गरेर राहात वितरण शुरु गरिएको अध्यक्ष रमेश बहादुर ऐरले जानकारी दिनुभयो ।

शुक्लाफाँटा नगरपालिका वार्ड १० मा पनि पुर्वाधार विकास निमार्ण र बाख्रा पालन बोरिङ्ग निर्माण शीर्षकमा विनियोजन गरेको रकमबाट समस्यामा परेका ज्याला मजदुरी गरिखाने बिपन्न ४०० परिवारलाई ३ लाख ५० हजार रकमको राहात सामाग्री खाध्यान्न खरिद गरेर राहात बितरण गरिएको वार्ड अध्यक्ष लाल बहादुर ऐरले जानकारी दिनुभयो ।

शुक्लाफाँटा नगरपालिका वार्ड ९ मा पनि ड्राभर तालिम २ लाख बाखा पालन १ लाख टपरि बनाउने तालिम १ लाख व्युटि पार्लर ५० हजार लगायतका शीर्षकमा विनियोजन गरेको रकमलाई कटैती गरेर शीर्षक परिर्वतन गरेर ४४० समस्यामा परेका ज्याला मजदुरी गरिखाने बिपन्न परिवारलाई ५ लाखको राहात सामाग्री खाध्यान्न खरिद गरेर बितरण शररु गरिएकोे अध्यक्ष दिल बहादुर बुढाले जानकारी दिनुभयो ।

शुक्लाफाँटा नगरपालिका वार्ड १२ मा पनि वाई कार्यालयको विविध खर्च २ लाख रकम र ६० हजार पलाधिकारी भ्रमण खर्च कटैती गरेर जगरपालिकाबाट शीर्षक परिर्वतन गरी लकडाउनको समयमा मस्यामा परेका ज्याला मजदुरी गरिखाने बिपन्न २०० परिवारलाई २ लाख ६० हजारको आध्यान्न सामाग्री खरिद गरेर राहात बितरणको लागि तयारी भईरहेको वार्ड अध्यक्ष वाले रानाले जानकारी दिनुभयो ।

शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिसन शिह थापाले अहिले कोरोना भाइरसले देशभर लकडाउन भएकाले ज्याला मजदुरी गरी खाने परिवारलाई तत्काल राहात दिनुपर्ने भएकाले नगरकार्यापालिकाले निर्णय गरेर योजनाको शीर्षक परिर्वतन गरि कोटेसन मार्फत राहात खाधयान्न सामाग्री खरिद गरेर राहात बितरण भइरहेको बताए । कार्यपालिकाको निर्यण नगरसभाबाट पारित गरिने बताए ।

प्रतिक्रिया दिनुस