अर्जुन शिह ,झलारी,कञ्चनपुर, बैशाख १८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका बजारमा लकडाउनमा कडाइ शुरु भएको छ । राहात बितरण विबाद लगायत बजारमा भिडभाड बढिरहेको भन्दै कोरोना रोकथामका लागि लकडाउनलाइ प्रभावकारी बनाउन ईलाका प्रहरी कार्यालय झलारिले झलारी बजार आसपासमा लकडाउन कडाइ गरिएको छ ।

झलारी शुरक्षा समितिको बैठकले बजारमा बढी भिडभाड भएको भन्दै अत्तिआवश्यक काम बाहेक आवत जावतमा कडाइ शुरु गरिएको हो । झलारी बजार ,कलुवारपुर ,बनसमिति बजार चोक लगायतका साना साना चोकका किराना पसल र शुपत मुल्य पसलमा पनि कडाइ भइरहेको छ ।
स्थानिय तहले बाँडेका पासहरुमा पनि निगरानी गरेर नियन्त्रण लिने र आवश्यक शुझाउ दिदै सतेत गराउने काम भइरहेको छ । बजारमा आवश्यक काम बाहेक आएका नागरिक सबैलाइ सचेत गराउने काम भइरहेको छ । शुक्लाफाँटा नगरपालिका वार्ड ५मा राहात वितरणमा बिवाद गर्दै स्थानियले लकडाउनको कुनै प्रभाव नगरी झलारी बजार हुदँै नगरपालिका सम्म भिडभाड गर्दै नारा जुलस गरेको हुदाँ ईलाका प्रहरी कार्यालय झलारिले लकडाउनमा थप कडाइ गरिएको हो ।

प्रतिक्रिया दिनुस