गौरव बिष्ट ,कञ्चनपुर, बैशाख ,१७ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को कार्यालयले पहिलो चरणको राहात वितरण गरेको छ । लकडाउनको समयमा समस्यामा परेका दैनिक ज्यालादारी ,मजदुरी गरिखाने विपन्न परिवारलाइ खाद्यान्न सामाग्री राहात वितरण गरिएको छ ।

बुधवार शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ८ को कार्यालयको परिसर पारिफाँटामा खाद्यान्न सामाग्री बितरण गरिएको हो । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८- का अति बिपन्न,मजदुर,अशक्त २५०- घर परिवार लाई पहिलो चरणमा खाद्यान्न सामाग्री बितरण गरिएको छ ।,बितरण गरिएको खाद्यान्न सामाग्रीमा प्रती परिवार ३० केजी चामल,३ केजी दाल,२ केजी नुन ,२ लिटर शुद्ध तोरीको खाने तेल,२केजी चिनी र प्रति परिवार ४्४ पिस डिटल साबुन वडा कार्यालयको परिसरमै बितरण गरिएको शुक्लाफाँटा नगरपालिका वार्ड ८ -का अध्यक्ष बहादुर महराले जानकारी दिनुभयो।

राहत बितरण कार्यविधि २०७६ अनुसार नै बितरण गरिएको जनाउदै खाद्यान्न सामाग्री बितरण गर्दा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी हरु उपस्थितिमा भएको थियो । वडा कार्यालयले पहिलो चरणमा २५० घर परिवार लाई खाद्यान्न सामाग्री बितरण गरे पनि दोस्रो चरणमा बाकी रहेका गरिब , बिपन्न,र मजदुर बर्ग लाई राहत बितरण गरिने वडा अध्यक्ष महराले बताए ।

राहत सामाग्री खरिद गर्दा खुला प्रतिस्पर्धा गरिएको र प्रतिस्पर्धामा ६ ओटा फर्महरु सहभागी भए पनि सबै भन्दा कम मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने फर्म बाट खाद्यान्न सामाग्री खरिद गरिएको समेत बताएका छन । साथै वडा नम्बर ८ ले बितरण गरेको खाद्यान्न सामाग्रीको सार्वजनिक सुनुवाइ कार्यक्रम लकडाउन खुले लगत्तै गरिने समेत सम्पुर्णमा जानकारी गराएको अध्यक्ष महराले बताउनुभयो ।

प्रतिक्रिया दिनुस