दिपक भट्ट ,डडेल्धुरा बैशाख १७ । डडेल्धुरा अस्पतालका एक जना स्वास्थ्यकर्मी ड्युटीका बेला रक्सीको नशामा झुम्मिने गरेको पाइएको छ । डडेल्धुरा अस्पतालमा कार्यरत सिनियर अहेब दिलीपसिंह साउदले अस्पताल भित्रै डिउटीमा दैनिक रुपमा रक्सीको नशामा झुम्मिने गरेका छन ।
अस्पताल स्रोतका अनुसार साउद दैनिकजसो मादक पदार्थ सेवन गरेर अस्पतालमा होहल्ला गर्दै आएको समेत बुझिएको छ । केही समयअघि मात्रै सरुवा भएर डडेल्धुरा आएका अहेब साउदलाई प्रहरीले ३ पटक थुनामा राखिसकेको समेत बुझिएको छ ।
मंगलबार मात्रै तेस्रो पटक उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुस