बैतडी बैशाख २० । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउका कारण एक महिना देखि भारतको पिथौरागड र र्धाचुलामा रहेका मजदुरहरुलाइ बैतडीको पुर्चौडी नगरपालिकाले १४ दिन क्वारेन्टाइमा राख्ने गरेको छ । बिहिबार सरकारको अनुमति पाए संगै बैतडी र र्दाचुलाका स्थानिय तहका जनप्रतिनिधिले आ आफ्ना नगरका नागरिकलाइ ल्याएर क्वारेनटाइनमा राखेको छ ।

बिहिबार र शुक्रबार पुर्चौडी नगरपालिकाले ७८१ जनालाइ नगरपालिकामा सकुसल ल्याएर उद्दार गरिएको छ । भारतबाट आएका सबैलाइ नगरपालिकाले सबै व्यवस्थापन गरेर वार्ड कार्यालयको जिम्मा लगाएको छ ।भारतबाट ल्याएका सबैलाइ कोरोनाको सामान्य चेकजाँच गरेर वार्ड कार्यालयमा निर्माण गरिएका क्वारेन्टाइमा राखिएको पुर्चौडी नगरपालिकाका नगर प्रमुख रण बहादुर कुवँले बताउनुभयो ।

क्वारेन्टानमा राखिएका सबैको कोरोनाको सामान्य चेकजाँच गरिएको भएपनि थप चेकजाँचका लागि कोरोना जाँच किट उप्लब्ध गराउन प्रदेश सरकार र केन्द्रिय सरकार संग माग गरेको नगर प्रमुख कुवँले बताए । कोरोना चेकजाँच किट पाउना साथ भारतबाट आएका र कोराना आसंका लागेका सबैको गरेर चेकजाँच गरेर १४ दिनको क्वारेन्टाइनमा राखोर घर पठाउँने नगर प्रमुख कुवँरले बाताए ।

प्रतिक्रिया दिनुस