कञ्चनपुर, बैशाख ,२१ । कञ्चनपुरको वेदकोट नगरलिकाले निर्माण गरेको सुन्दरपुरको क्वारेन्टाइन व्यवस्थापन फितलो देखिएको भन्ने समाचार प्रकाशित भएको एक घण्टामै फोहर व्वस्थापा गरेर सरसफाइ गरिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडउनका कारण पिथैरागड र र्धाचुलामा एक महिना देखि क्वारेन्टानमा रहेका १३ जनाको बिहिबार उद्दार गरिएर वेतकोट नगरपालिकाले निर्माण गरेको सुन्दरपुर क्वारेन्टाइमा राखिएको छ ।
क्वारेन्टाइन भित्र जाने मुल गेट र चौराह चोकमा प्रयोग गरिएका पन्जा गल्पस र र्सजिकल मास्कहरु जताततै तितर वितर अवस्थामा फालेको भनेर साचार प्रकाति भएको एक घण्टामै वेदकोट नगरपालिका मेयर अशोक कुमार चन्दले एक्सन लिएर सरसफइ गराएका छन । वेदकोट नगरपालिका शुन्दरपुरका स्थानिय समाचार श्रोतका अनुसार क्वारेन्टाइन गेट नजिकै देखिएको फोहर १ घण्टा अगाडि व्वस्थापन गरिएको बताए ।

प्रतिक्रिया दिनुस