कञ्चनपुर, असार ३ । कोरोना भाइरस महामारीको समयमा सुदूरपश्चिम प्रदेश सरकारले संसददेखि मुख्यमन्त्रीसम्म तलब भत्ता बृद्धि गरेको भन्दै कञ्चनपुरका युवा बिरोध गरेका छन।प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७७र ०७८ देखि प्रदेश सभा सदस्य, प्रमुख प्रतिपक्षीय दलका नेता, संसदीय दलका नेता, मन्त्री मुख्यमन्त्रीसम्म तलब भत्ता बृद्धि गरेपछि कञ्चनपुरका युवा आन्दोलित भएका हुन् ।

कोरोना महामारीबाट जनता आक्र्रान्त भईरहेका बेला प्रदेश सरकारले पिसिआर मेसिन खरिद गरेर जनताको स्वास्थ्यमा गम्भिर हुनुभन्दा आफ्नै सेवा सुविधा बढाउन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रेको स्वतन्त्र युवाहरुले बताएका छन् ।प्रदेश सरकारलाई जनताको चिन्ता भन्दा पनि आफ्नो चिन्ता बढि भएकाले प्रदेश सरकारको कोरोना रोकथामका लागि कुनैपनि भूमिका नदेखिएकाले खारेजीको माग समेत गरेका छन् । आन्दोलनमा होमिएका स्वतन्त्र युवा धिरज जोशीले बाध्य भएर सडकमा युवा उत्रिएको बताए ।

‘कोरोना कहरले सुदूरपश्चिम सहित सिङ्गो देश आक्रन्त छ, ‘उनले भने, ‘यतिबेला प्रदेश सरकार कोरोना रोकथाम एव नियन्त्रणका लागि प्रयास भन्दा पनि आफ्नै सुविधा बढाउन लिप्त छ ।’ प्रदेश सरकारलाई जनताको स्वास्थ्यको चिन्ता भन्दा पनि आफ्नो सुविधाको बढि चिन्ता भएकाले महामारीका बेला यस्ता जनबिरोधी काम नगर्न आग्रह समेत गरेका छन् ।

प्रदेश सरकारलाई जनताको चिन्ता भन्दा आफ्नो व्यक्तिगत लाभ लिन लागेको भन्दै उनीहरुले बृद्धि गरिएको तलब भत्ता तुरुन्त फिर्ता लिएर पिसिआर मेसिन जडान गरिदिन माग अघि सारेका छन् । प्रदेश सरकारले बृद्धि गरेको सेवा सुविधा फिर्ता नलिए सशक्त आन्दोलनको चेतावनी दिए । जोशीले कोरोना रोकथाका लागि निर्माण भएको क्वारेन्टाईन असुरक्षित बन्दै गएकाले त्यसतर्फ कुनैपनि सरकर चिन्तित नभएको बताए ।

कोरोनाका नाममा रकम कुम्ल्याउने बाहेक केही नगरेको भन्दै उनले क्वारेन्टाईन बलात्कार केन्द्र र कोराना संक्रमणको कारखाना बनिरहेको टिप्पणी गरे । ‘बिरामी मानिसको आईसियूमा मृत्यु हुन्छ, ‘उनले भने, ‘तर क्वारेन्टाईनमा मृत्युदेखि बलात्कार भईरहेका छन् ।’

महिला असुरक्षित भईरहेको भन्दै कैलालीको क्वारेन्टाईनमा महिलामथि भएको सामुहिक बलात्कारका देषिहरुलाई उन्काउन प्रयास भए त्यस बिरुद्धमा समेत थप आन्दोलन चर्काउने उनले चेतावनी दिए ।

उनीहरुले कोडिभ १९ रोकथाम एव नियन्त्रण गर्दै जनता सुुरक्षित पार्ने काममा अघि बढाउने योजना अघि सार्न सरकारको ध्यान केन्दीत गरेका छन् । प्रदेश सरकारले महामारीका बेला आफ्नो सेवा सुविधा बृद्धि गर्नकै जुटेपछि त्यसको व्यापक जनस्तरबाट बिरोध भईरहेको छ ।काम नलाग्ने संघीयतामा नाममा प्रदेश सरकार लुट र कोरोना महामारी रोकथामा गुमनाम भन्दै चौतर्फि आलोचना भईरहेको छ ।

प्रतिक्रिया दिनुस