डम्बर भट्ट ,कञ्चनपुर असार ३ । जनबाहनी नेपाल संस्थाले कैलाली–कञ्चनपुरका समाजसेविदेखि संचारकर्मीलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ । जनबाहनी नेपालले कैलाली कञ्चनपुरका समाजसेवि र संचारकर्मीलाई स्वाथ्य सुरक्षा समाग्री दिएका हुन् । जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा(सुर्य(ले कोडिभ १९ मा खटिने संचारकर्मीलाई मास्क, ग्लोब्स दिएको बताए ।

धनगढी उप महानगरपालिका ३ भन्सार बडहराबस्तीका मुखिया समाजसेवि जोकर चौधरी सहित कैलाली कञ्चनपुरका केही संचारकर्मीलाई मास्क र ग्लोब्स वितरण गरिएको छ । धनगढीको बाबा टिभका समाचार सह सम्पादक जनक धामी र मिरमिरे डटकम अनलाईका पत्रकार डम्बर भट्टलाई उक्त समाग्री हस्तान्तरण गरिएको बताए ।

जनबाहनी नेपालका सयोजक ओझाले महामारीका समयमा संचारकर्मी एव समाजसेविका पीडा बुझिदिएको भन्दै उनीहरुले आभार प्रकट गरेका छन् । त्यस्तै कोभिड १९ रोकथामका लागि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई हौसला प्रदान र क्वारेन्टाईनमा ड्युटीमा रहेका बेला सुरक्षित रहनर संक्रमणबाट बच्नलागि जन वाहिनी नेपालले सर्जिकल मास्क र सेनिटाईजर वितरण गरिएको छ । धनगढी उप महानगरपालिका ३ नवदुर्गा मा.विको क्वारेन्टाईनमा पनि २ सय मास्क, २ सय ग्लोब्स र मुल गेटमा सेनिटाईजर कैलालीको सेडावेडा बोर्डर आउट पोटमा सेनिटाईजर सहित २सय थान ग्लोब्स र मास्क वितरण गरिएको जनवाहीनी नेपालका संयोजक सिरोमणी कुमार ओझाले बताए । क्वारेन्टाईन सुरक्षा र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई थप हौसला प्रदान गर्नका लागि उक्त समाग्री दिएको ओझाले बताएका छन ।

प्रतिक्रिया दिनुस