काठमाडौं असार १०। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले लकडाउन अवधिभरको कुनै पनि शुल्क असुल नगर्न निजी विद्यालय तथा सरकारसित जोडदार माग गरेको छ । यस अवधिमा शुल्क असुल गरेको पाइएमा त्यसका विरुद्ध कडा संघर्षमा उत्रने चेतावनी दिएको छ । मंगलबार संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले एक वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

लकडाउनकै बीचमा निजी विद्यालयहरुले विद्यार्थी र अभिभावकहरुलाई शुल्कका लागि ताकेता गरिरहेको र प्याब्सन र एनप्याब्सनले संयुक्त अपिलमार्फत् शुल्क असुल गर्न खाजेकोमा कडा विरोध गर्दै वक्तव्यमा लकडाउन पूर्णरुपमा खुलेर विद्यालयहरु निर्वाध सञ्चालन नहुँदासम्म शुल्क असुल्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ ।साथै, वक्तव्यमा त्रिभूवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट नभएर दलीय भागवण्डाको आधारमा गरिएका नियुक्तिहरुलाई फोहरी खेल भन्दै विरोध गरिएको छ ।

प्रतिक्रिया दिनुस