१५ असार कैलाली- यातायात व्यवस्था कार्यालय धनगढीले एकपछि अर्को शीर्षकमा सवारी चालक बापत राजस्वमा जरिवाना असुल्न थालेको छ। दोब्बर बढी जरिवाना तिराएर सवारी चालक अनुमति पत्र नवीकरण गर्न लगाएको सेवाग्राहीले गुनासो गर्न थालेका हुन्।

यस अघि यातायात कार्यालयले मोटर साइकलको राजस्व बुझ्दा समेत जरिवाना असुलिरहेको व्यापक गुनासो आएको थियो। तर सरकारले प्रस्ट रूपमा जरिवाना लिन नपाइने बताइ सकेको छ।

फागुन अन्तिम साता सम्म तथा चैत्र सम्म सवारी चालक अनुमति पत्र नवीकरण गराई सक्नुपर्ने भए पनि कारण बस नसकिए ३ महिना सम्म नवीकरण कुनै जरिवाना नलाग्ने भए पनि बन्दाबन्दीले प्रभावित भएका सेवाग्राही अहिले मर्कामा परेका छन्।

प्रत्येक ५ वर्षमा सवारी चालक अनुमति पत्र नवीकरण गर्नुपर्ने भए पनि यस वर्ष भने लकडाउनका कारण समयमै नवीकरण गर्न नपाएकाले दोब्बर बढी जरिवाना तिर्न लगाएको कैलालीको जोशीपुरका हिक्मद दमौली मगरले गुनासो गरे।

इजाजत पत्र नवीकरणको १५ सय बुझाउँदै आएका सेवाग्राही अहिले दोब्बर बढी ३ हजार तिर्न बाध्य छन्। यातायात कार्यालयले सवारी चालक इजाजत पत्र नवीकरण गर्दा बाध्य भएर जरिवाना तिर्न लगाएको टिकापुर लालवीर चौधरीले गुनासो गरे।

उनले भनेर, ‘ बारम्बार कार्यालयमा धाउन सकिँदैन, उता ट्राफिक प्रहरीले पनि पटक–पटक सताउने गरेको छ, जरीवना तिरेरै भए पनि नवीकरण गराउनु प¥यो।’

कोहीले १५ सय बढी जरिवाना तिरेर नवीकरण गराएका छन् भने केहीले ३५ सय जरिवाना तिरेर नवीकरण गराउनुपरेको गुनासो गरेका छन्।

कैलालीका गणेश कुँवर पहिलो पटक नवीकरण गर्न आउँदा यातायात कार्यालयले ५ हजार तिर्न लगाएको बताउँछन्। यातायात कार्यालयले भने टाढाबाट आएका सेवाग्राही बाट सवारी चालक अनुमति पत्र नवीकरण गराउँदा नयाँ जुक्ति निकालेर जरिवाना तिराउन बाध्य पारेको कुँवरले आरोप लगाए।

उनले भने, ‘सेवाग्राहीलाई समय अभावका कारण पछि नआउन सक्ने भएकाले आफ्नो राजी खुसी तथा ईच्छालले जरिवाना तिरेर भए पनि लाइसेन्सको काम गराउन चाहन्छौ भनी हस्ताक्षर गर्न लगाएर जरिवाना असुले।’

म्याद नाघेको ३ महिना पछि सम्म राजश्व बुझाएमा कुनै जरिवाना तिर्नुपर्ने भए पनि लकडाउन अवधिमै यातायात कार्यालय धनगढीले विभिन्न सम्झौतामा हस्ताक्षर गर्न लगाएर जरिवाना असुली रहेको सेवाग्राहीले गुनासो गरेका हुन्।

कोरोना महामारीको समयमा असार मसान्त सम्म कुनै जरिवाना लिन नपाइने सरकारले गरेको निर्णय कार्यान्वयन नहुँदा सवारी करमै जरिवाना असुलिरहेको यातायात कार्यालय धनगढीले सवारी चालक अनुमति पत्रको नवीकरणमा समेत जरिवाना असुली रहेको पाइएको हो।

तर सेवाग्राहीबाट जरिवाना असुल्ने कुनै जुक्ति भने नलिएको यातायात कार्यालयको दाबी छ। टाढा बाट आएका सेवा ग्राही बारम्बार आउन नसक्ने भन्दै स्वइच्छाले जरिवाना तिरेरै भए पनि नवीकरण गराउन खोज्दा समस्या भएको कार्यालयले बताएको छ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार लकडाउन अवधि देखी सोमबार सम्म १९ जनाले १५ सय बढी तथा केहीले ३५ सय जरिवाना तिरेका छन्।

तर उक्त रकम सरकारकै खातामा पठाइने यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले बताए।

उनले भने, ‘डाटा वेश बाटै समस्या आएकाले यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेका छौँ, छिट्टै जरिवाना बिनै सेवा सुचारु गरिने छ।’

प्रतिक्रिया दिनुस