विकास सिह महता  ,कञ्चनपुर, असार १७ । नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोले असारे विकासको नाममा प्रदेश सरकार र स्थानीय तहमा भैरहेको भ्रष्टाचार, अनियमितता र कमिसनको खेल भईरहेको आरोप लगाएको छ । नेकपा सेती महाकालीले बुधबार एक प्रेस विज्ञप्ती निकाल्दै चालु बर्षमा बजेट परिचालन गर्ने भौतिक योजना मन्त्रालयमा भएको करोडौं कमिसनको खेल नाङ्गो रुपमा बाहिर आएको उल्लेख गरिएको छ । त्यस्तै कोरोना व्यवस्थापनको नाममा पनि करोडौं खर्च भएको देखाउने तर क्वारेन्टाइन व्यवस्थापनमा लापरबाही गर्ने गरेको पनि पनि आरोप लगाईएको छ ।
‘लकडाउन अबधि भर कुनै पनि बैक वा बित्तीय संस्थाले व्याज वा लगानी असुल नगर्नु नगराउनु भन्ने सर्वोच्च अदालतको आदेश बिपरित बैक र केही सुदखोर वित्तीय संस्थाले जबर्जस्ती ब्याज र समुहको ऋण असुल गरेर जनता र व्यावसायीलाई संकटमा झन संकट पैदा गरेको पाइएको छ ।, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘लकडाउनका कारण उद्योग र व्यापार व्यावसायीले कुनै पनि उत्पादनका काम गर्न नपाइएको बेला पुजीवादी बैंकहरुले जनताको जीवन भन्दा पनि नाफा मात्रै हेर्नू गलत हो ।’ पुजीवादी एजेण्डको रुपमा गाउँ गाउँमा पसेका लघु वित्त माइक्रो फाइनान्सहरुले चर्को ब्याजमा जनतालाई लुट्ने काम गरिरहेका छन् ।

लकडाउनका कारण जनताको जीवन गुजारा गर्न मुस्किल भैरहेको बेला शहर बजारका घर धनिहरुले घरभाडा असुल गर्ने नाममा बहालमा बस्नेहरुलाई निकै दुख दिएको र राज्यले यसमा कुनै चासो नदेखाएको प्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । बैज्ञानिक बनको नाममा पहिले वन कटानी गर्न लगाउने तर अहिले कटान भएका काठहरु संकलन र बितरणमा रोक लगाउने सरकारको गलत कार्यप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा सेती महाकाली ब्यूरो इन्चार्ज निर्माणद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा क्वारेन्टाइन कोरोना फैलाउने केन्द्रको रुपमा प्रयोग भएको पाइएको उल्लेख गर्दै गरिएको छ । कोरोना लकडाउनको समयमा सामान्य मानवीय संवेदनशीलतालाई समेत ध्यान नदिई सहिद सनराइजको स्मृतिमा सहभागी कैलालीका जिल्ला नेताहरु दलबहादुर बिक, प्रकाश रावल, बवरजंङ सिंह लगाएत ६ जनालाई गिरफ्तार गरि परिवारलाई समेत भेट्न नदिनु घोर निन्दनीय र भर्त्सना योग्य भएको ठहर गर्दै गिरफ्तारलाई रिहाईको माग गरिएको छ ।

प्रतिक्रिया दिनुस